नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8434 · वि.सं. २०६७
नि.नं. 8434 — अदालतको अपहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ स्वच्छ आलोचनाले अदालतलाई क्रियाशील बन्न मद्दत गर्दछ । जबसम्म न्याय निरोपणमा दखल पुग्दैन, जनआस्थामा आँच पुग्दैन तवसम्म स्वच्छ आलोचना गर्न पाउनु पर्ने । § नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले अदालतका न्यायमूर्ति र आदेशको स्वच्छ रुपमा गरिएको टीकाटिप्पणी र आलोचनाले न्यायको नियमित प्रवाहमा दखल नपुगेसम्म अदालतको मान मर्यादा गरिमा र जनआस्थामा अाँच पुगेको छ भनी भन्नुपर्ने अवस्था नदेखिने । (प्रकरण नं.६) § अदालतको न्यायिक कामकारवाहीमा दखल नपुगेको हदसम्म अदालतका न्यायाधीश र न्यायाधीशबाट भएका आदेश फैसलाको पूर्वाग्रहरहित भै स्वच्छ रुपमा टीकाटिप्पणी र आलोचना गर्नपाउने नै देखिँदा नेपाल बार एशोसिएशन न्यायपालिकाको अभिन्न अङ्ग र यसका पदाधिकारीहरू (कानून व्यवसायी) अदालतका Officer of the Court को रुपमा स्वीकार गरिएकोले न्यायकर्मीबाट नै तत्कालीन परिवेशमा यस अदालतबाट भएको आदेशको स्वच्छ रुपमा टीकाटिप्पणी र आलोचना गरिएको र सो आलोचनाको विषयवस्तुले न्यायमूर्ति लगायत न्यायालयका विरुद्ध वितृष्णा फैलाउने, जनआस्था घटाउने प्रकृतिको भएको नदेखिनुका साथै नेपाल बारका पदाधिकारीहरूले आफूहरूले अदालतको अपहेलना पनि नगरेको र अपहेलना गर्ने उद्देश्य समेत नभएको भनिएको स्थितिमा स्वच्छ रुपमा गरेको टीकाटिप्पणी र आलोचनाको आधारले मात्र अदालतको अपहेलना हुन्छ भनी भन्न नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8434 |
|---|---|
| मुद्दाको विषय | अदालतको अपहेलना |
| निर्णय वर्ष / मिति | 2066/10/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8434 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
