नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8433 · वि.सं. २०६७

नि.नं. 8433 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साविती बयान आफैंमा महत्वपूर्ण प्रमाण भए तापनि साविती मात्र अभियोग पुष्टि गर्ने आधार बन्न सक्दैन । सावितीलाई अभियोग पुष्टि गर्ने एकमात्र आधार बनाइयो भने त्यसले फौजदारी न्यायप्रणालीमा थुप्रै जटिलताहरूलाई जन्म दिन्छ । त्यसले अनुसन्धान एवं अभियोजन पक्षबाट दावी प्रमाणित गर्नका लागि अन्य प्रमाणहरूको संकलन र विश्लेषणमा भन्दा अभियुक्तलाई साविती बयान दिन बाध्य पारिने सम्भावनालाई बल प्रदान गर्ने हुँदा वास्तविक अपराधी उम्कने र अनुसन्धानका क्रममा अभियुक्तका रुपमा प्रस्तुत गरिएका व्यक्ति दण्डित हुनुपर्ने विडम्वनापूर्ण अवस्था पनि आउन सक्ने भएकाले त्यस्ता सम्भावनाहरूलाई बल पुग्ने गरी न्यायिक व्याख्या गरिन नहुने । (प्रकरण नं.२) § अदालत स्वच्छ सुनुवाईका लागि सम्पूर्ण वातावरण निर्माण गर्न सदैव तत्पर रही तदनुरुपको परिस्थितिमा हुने अन्य पक्षको दवाव, प्रभाव र डर, धाक, धम्कीको सम्भावना रहँदैन । त्यसैले अदालतसमक्ष गरेको बयानलाई समेत अन्यथा संज्ञा दिइँदा सो कुराका भरपर्दा आधार पक्षले नै पेश गर्न सक्नुपर्ने । (प्रकरण नं.३) § अदालतमा आई गरेकै अपराधलाई पनि इन्कार गरेमा लाभान्वित हुने र झन सत्य कुरा स्वीकार गरेमा प्रताडीत हुने हाम्रो न्यायिक मान्यता तथा मानसिकतामा परिवर्तनको खाँचो छ । विकसित न्यायप्रणालीले स्वीकारी सकेको अपराध कवुल गरी अनुसन्धानमा सहयोग पुर्‍याई पश्चाताप गर्नेलाई सहुलियत दिनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीः विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री मोतिलाल श्रेष्ठ र रविन्द्र भट्टराई प्रत्यर्थी/वादीः विद्वान नायब महान्याधिवक्ता श्री प्रेमराज कार्की

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8433
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2067/07/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६५-CR-०१८१
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8433
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्