नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8432 · वि.सं. २०६७

नि.नं. 8432 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ऐनले नै सूचीकृत गरेको कुनै जातिलाई वा सूचीकृत जातिको कुनै व्यक्तिलाई तथ्यगत पुष्टयाँई वेगर आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले वा आदिवासी जनजाति महासंघले आदिवासी, जनजाति होइन भनी आफूखुशी सिफारिश गर्न नपाउने भएकाले त्यस्ता निकायको सिफारिशको आधारमा लोकसेवा आयोगले निर्णय गर्नु कानूनविपरीत र अनुचित हुने । § कुनै ठाउँ विशेष वा खास–खास जिल्लामा बसोबास गर्नेहरू मात्र धिमाल हुन भनी ऐनले धिमाल जातिको व्यक्ति आदिवासी, जनजाति हो–होइन भनी छुट्टयाउने मापदण्ड वा आधार निर्धारित नगरेको कारण कसै उपर शंका लागेको भन्ने आधारमा ठोस आधार बेगर ऐनले पाउने सुविधाबाट वञ्चित गर्ने गरी सूचीकृत जातिको होइन भनी भन्न नमिल्ने । § कानूनमा स्पष्ट उल्लेख भएको प्रावधानको कार्यान्वयन नगरी प्रतिष्ठान वा आदिवासी/जनजातिसँग सम्बन्धित अन्य गैरसरकारी संस्थाको सिफारिशको आधार उल्लेख गर्दा कानूनको मकसद पराजीत हुन जाने । (प्रकरण नं.७) § ऐनले नै धिमाल जातिलाई आदिवासी, जनजाति भनी घोषित गरिसकेपछि त्यसको विपरीत केही खास जिल्ला वा क्षेत्रको वासिन्दा नभएको धिमाललाई आदिवासी जनजाति नमान्नु पर्ने भन्ने सिफारिशको आधारमा लोकसेवा आयोगले गरेको निर्णय कानूनअनुरूप नदेखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8432
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2067/05/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री रणबहादुर वम | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहको २०६६।५।२३ को आदेश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको रिट निवेदन जारी हुने भन्ने रायसँग असहमत हुँदा प्रस्तुत रिट निवेदन सर्बोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री सुशीला कार्कीको २०६६।५।२३ को आदेश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री सुशीला कार्कीको आदेश सदर हुनुपर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहको २०६६।५।२३ को राय मनासिब देखिँदा सदर कायम हुने ठहर्छ
मुद्दा नं.२०६६-WF-०००५
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8432
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्