नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8430 · वि.सं. २०६७

नि.नं. 8430 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विधायिका वा संविधानसभाभित्र विधायक वा सभासदहरूलाई छलफलका क्रममा आफ्नो विचार अभिव्यक्त गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको हुन्छ । सो कामका लागि संविधानसभा आफैं सार्वभौम जनताको Delegate भएको कारण सभाभित्रको सम्पूर्ण आन्तरिक कामकारवाही एवं कार्यविधि नियमित गर्ने अधिकार उसलाई हुन्छ । सो कुरामा अदालतले हस्तक्षेप गर्न नसक्ने । (प्रकरण नं.२) § संविधानसभाले गरेको आन्तरिक कामकारवाहीको प्रक्रियाबाहेक संविधानसभाले कुनै निर्णय गर्दा संविधान वा प्रचलित कानूनविपरीत हुने गरी स्वेच्छाचारी ढंगले वा अधिकारक्षेत्रविहीन निर्णय हुन जान्छ भने त्यस्तो अवस्थामा यस अदालतले असाधारण अधिकारक्षेत्र प्रयोग गरी त्यस्तो निर्णयको न्यायिक पुनरावलोकन गर्नसक्ने । (प्रकरण नं.३) § संविधान र प्रचलित कानूनको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई प्रदान गरिरहेको हुँदा यस अधिकारको दावी संविधानबमोजिमका अन्य कुनै पनि निकायले गर्न नमिल्ने । (प्रकरण नं.७) § कुनै पनि राजनीतिक दलले आफ्नो दलमा आबद्ध सदस्यहरूलाई अनुशासनमा राख्न अवलम्बन गर्ने प्रक्रिया राजनीतिक दलको आन्तरिक विषय भएकाले यो यस्तो प्रक्रिया अवलम्बन गर्नुपर्छ भनी अदालतबाट निर्देशित गर्न नमिल्ने । (प्रकरण नं.११) § पार्टीले आफ्ना सदस्यहरूलाई सोध्ने स्पष्टीकरणको ढाँचा वा त्यसको प्रक्रियाका बारेमा अदालतले हस्तक्षेप गरी यो यस्तै ढाँचा प्रयोगमा ल्याउनु पर्ने भनी भन्न नमिल्ने । (प्रकरण नं.१२) § दलसँगको आबद्धता बिना दलसँग आबद्ध भएको कारणले प्राप्त गरेको संविधानसभाको सदस्य पदले निरन्तरता पाउन सक्ने अवस्था नहुने र निवेदकहरूले आफूहरू साविकको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा यथावत् रुपमा आबद्ध रहेको भनी दावी लिनु मात्र पर्याप्त नहुने । § निर्वाचन आयोगबाट आबद्ध रहेको भनिएको दलको वैधता समाप्त पारिसकेको अवस्थामा त्यस्तो अस्तित्वविहीन दलको प्रतिनिधित्व गरी संविधानसभाको सदस्य पदमा रहन नमिल्ने । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8430
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2067/04/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
मुद्दा नं.२०६६-WF-००१२
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8430
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्