नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 843 · वि.सं. २०३१
नि.नं. 843 — दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रमाण निमित्त आएको निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दालाई मुल्तवी जगाई कारवाई किनारा गर्न जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरिपठाउन मिल्ने नदेखिने । यसमा निर्णयतर्फ विचार गर्दा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको ६ थान मुद्दा चाँडो किनारा गर्नु र सोउपर पुनरावेदन परे सो टुंगो लागेपछि र नपरे म्याद नाघेपछि प्रमाणलाई पठाउनु भनी प्रस्तुत दर्ता बदर मुद्दाको पुनरावेदनको दायरीको लगत कायम राखी सो कार्य सम्पन्न भई आएपछि पेश गर्नु भन्ने मा.न्या.श्री जयदेव भट्टको राय भएकोमा मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको उक्त मुद्दाहरू किनारा गराई आएपछि प्रस्तुत मुद्दामा निर्णय गर्ने गरी भएको मा.न्या.श्री जयदेव भट्टको निर्णयमा सहमतै भएको मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको कारवाई किनारा गर्न अञ्चल अदालतमा पठाई कारवाई किनारा गर्न लगाउन मिल्नेमा नमिल्ने भनी मोरङ जि.अ.मा पठाउने गरेकोमा सम्म सहमत नभएको भन्ने मा.न्या.श्री त्रैलोक्यराज अर्यालको राय भई डिभिजन बेञ्चको माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको देखिएकोले प्रस्तुत मुद्दामा मुख्य जि.अ.मोरङमा दायर भई मुल्तवी रहेको मुद्दा कारवाई किनारा गर्न कुन अदालतमा पठाउनु पर्ने हो त्यस कुराको सम्म निर्णय दिनु पर्ने हुन आएको छ । (प्रकरण नं. ३) तत्सम्बन्धमा विचार गर्दा उक्त मोरङ जि.अ.मा दायर भई मुल्तवी रहेको भनेको ६ थान मुद्दाहरू किनारा भइसकेकोमा पुनरावेदन तहबाट कारवाई किनारा गर्ने स्थितिमा यस सर्वोच्च अदालतमा आएको नभई यस सर्वोच्च अदालतमा दायर भएको प्रस्तुत दर्ता बदर हुँदाको प्रमाण निमित्तसम्म आएको मुद्दाहरू देखिएको त्यसरी प्रमाण निमित्त आएको मोरङ जि.अ.बाट निर्णय गर्ने काम बाँकी राखी मुल्तवी राखेको मुद्दाहरूलाई मुल्तवी जगाई कारवाई किनारा गर्न मोरङ जि.अ.मा नपठाई पुनरावेदनको तह काटिने गरी अञ्चल अदालतमा सरुवा गरी पठाउन मिल्ने देखिँदैन । तसर्थ मुल्तवी जगाई कारवाई किनारा गर्न मुद्दा दायर भएको मोरंग जि.अ.मा पठाउने भन्ने मा.न्या.श्री जयदेव भट्टको राय मनासिव ठहर्छ । सोबमोजिम गर्नु । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 843 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2031/06/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 843 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
