नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8424 · वि.सं. २०६७
नि.नं. 8424 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कपाली तमसुकको लिखत कीर्ते जालसाजी भनी अ.बं.७८ नं. बमोजिम अदालतमा वयान गरेको भए तापनि प्रतिवादीको मृत्यु भइसकेकोले कपाली तमसुकको सहिछापसँग भिडाउन उल्लेख भएको मितिसँग समकालीन कुनै लिखतमा निजको सहिछाप परेको भए सो पेश गर्न आदेश भएकोमा निजले सो समकालीन कुनै लिखत पेश गरी कपाली तमसुकको सहिछाप मृतकको होइन भन्न नसकेसमेतवाट उक्त कपाली तमसुकमा भएको सहिछाप मृतकको होइन भन्न नमिल्ने । § कानूनबमोजिम लिखत गर्न सक्षम व्यक्तिले गरेको कपाली तमसुकउपर करकापमा फिराद नपरेको र करकापवाट लिखत गरेको भन्ने र लिखत कीर्ते जालसाजीबाट खडा गरेको भन्ने जिकीर लिनेले सोको प्रमाण पुर्याउन नसकेको अवस्थामा पेश गरेको कपाली तमसुक रीतपूर्वकको र सद्दे व्यहोराबाट खडा भएको मान्नुपर्ने । (प्रकरण नं.२) § घरको मूली बाहेक अन्य व्यक्तिले कुनै ऋण लिनुदिनु गरेमा सो कारोवारलाई घर व्यवहार मिलाउन लिएको भन्न सकिने अवस्था नरहने । § मृतकले कपाली तमसुक गरेको समयमा घरको मूली रहेको नदेखिएको र कपाली तमसुकमा सहिछाप गरेको समेत नदेखिएकोले उक्त ऋणको दायित्व निजमाथि पर्ने भन्ने नदेखिने । § मृतकलाई सम्पत्ति प्राप्त हुने भनी कुनै किसिमको किटान नभएको र अपुताली पर्नको लागि मर्नेको स्पष्ट सम्पत्तिको अधिपत्य नभएका मृतकको अपुताली के हुने भन्ने नै स्पष्ट नभएको एवं मृतकको नाउँको यो यस्तो सम्पत्ति अपुताली खाएको भनी दावी लिन र किटान गरी सम्पत्ति देखाउन नसकेको अवस्थामा अपुताली पाउने भन्ने अवस्था नै नरहने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8424 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2067/24/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रणबहादुर वम | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8424 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
