नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8423 · वि.सं. २०६७
नि.नं. 8423 — अंश दपोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश मुद्दा चली अंशबण्डाको २०, २१ नं. बमोजिम सम्पत्तिको तायदाती फाँटवारी दाखिल गर्ने आदेश भएपछि मात्र पेश गरेको फाँटवारी तायदातीमा दवाए छपाएको छैन भनी कागज गरिसकेको अवस्थामा दवाए छपाएको उपर नदवाउनेले दावी नालेस गर्न सक्ने र त्यस्तो अवस्थामा मात्र दवाउनेले अंश दपोट गरेको ठहरी नदवाउने वादीले अंश दपोट गरेको जग्गा सम्पत्ति खान पाउने । § अंश नालेश नपरेको र सम्पत्तिको फाँटवारी पेश नभएको एवं सो फाँटवारीमा दवाए छपाएको छैन भनी उल्लेख हुने अवस्था नरहेकोले अंशबण्डाको २७ नं. र अंशबण्डाको २१ नं. आकर्षित नहुने । (प्रकरण नं.३) § सगोलको वा पैतृक सम्पत्ति भागबण्डा गर्नुपर्ने हुन्छ । निजी सम्पत्ति वा दाइजो पेवा वा निजी आर्जनबाट खरीद भएको वा आर्जन भएको र दान वा वकसबाट प्राप्त गरेको सम्पत्तिमा अरु कसैको अंश हक नलाग्ने । § देवानी मुद्दामा दावी जिकीर लिएको कुराको प्रमाण नपुर्याएमा वादी दावी खम्वीर हुन नसक्ने । (प्रकरण नं.४) § सगोलको जग्गा कुनै पनि प्रमाणबाट नदेखिएको र निजी स्रोतबाट प्राप्त जग्गा बण्डा लाग्न नसक्ने अवस्था रहेकाले अंश मुद्दा परी तायदाती फाँटवारी मागिएको अवस्था नभई वादी र प्रतिवादीहरूले बण्डापत्र खडा गरी सम्बन्धित मालपोत कार्यालयबाट पारित गराई आ–आफ्नो अंश लिनुदिनु गरेको देखिएको अवस्थामा अंशबण्डाको २७ नं. को कानूनी व्यवस्थाले अंश दपोट गरेको भन्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8423 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट |
| निर्णय वर्ष / मिति | 2066/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8423 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
