नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8412 · वि.सं. २०६७
नि.नं. 8412 — उत्प्रषण परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जेष्ठता, कार्यसम्पादन आदिबापत प्राप्त हुने अङ्क यान्त्रिक प्रकारले प्राप्त हुने अङ्क हुँदा छात्रबृत्ति मनोनयन गर्ने प्रयोजनका लागि परीक्षा सञ्चालन गरी परीक्षामा वढी अङ्क ल्याई उत्तीर्ण गरेपछि जेष्ठता, कार्यसम्पादन आदिको कारण देखाई परीक्षामा उत्तीर्ण भएको मनोनयन नगर्ने कार्य एवं निर्णयलाई स्वेच्छाचारी निर्णय मान्नुपर्ने । (प्रकरण नं.९) § त्रि.वि.शिक्षण अस्पताल कानूनबमोजिम गठित स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको स्वास्थ्यसम्बन्धी हकको सुरक्षाका निमित्त स्थापित संस्था भएकोले त्यस्तो स्वास्थ्य सेवा जस्तो जनताको आधारभूत मानव अधिकारको रक्षाको निमित्त कानूनबमोजिम गठित संस्थाले कानूनको शासनको परिधि नाघ्नु उचित नहुने । § एउटै सेवामा समान पदमा कार्यरत् कानूनको अगाडि समान हुने हुँदा उनीहरूलाई गरिने व्यवहारमा असमानताको आभास आउन नहुने । § प्रवेश परीक्षामा बढी अङ्क ल्याएपछि कानूनतः प्राप्त गर्ने सुविधावाट बञ्चित गर्नु भनेको कानूनको समान संरक्षणको हकको उल्लंघन भएको मान्नुपर्ने हुन्छ भने योग्य व्यक्तिलाई छनौट नगर्ने हो भने योग्यता प्रणाली नै समाप्त हुन गै अराजकता र निरकुंशताको स्थिति पैदा हुन जाने । (प्रकरण नं.१०) § प्रतियोगितात्मक परीक्षामा बढी अङ्क प्राप्त गर्ने व्यक्तिलाई मनोनयन नगरी कम अङ्क प्राप्त गर्ने व्यक्तिलाई मनोनयन गर्ने निर्णयलाई स्वेच्छाचारी निर्णय मानिन्छ । कानूनी शासनमा यस्तो निर्णयको कुनै स्थान नहुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8412 |
|---|---|
| मुद्दाको विषय | उत्प्रषण परमादेश |
| निर्णय वर्ष / मिति | 2067/02/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| मुद्दा नं. | २०६६-WO-०४६४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8412 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
