नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8410 · वि.सं. २०६७

नि.नं. 8410 — निर्णय दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सगोलमा बस्ने भनिएकै आधारमा मात्र बिधिवत् बण्डा जोरिएको भनी मान्न उचित नहुने । § सगोलमा बस्नु र विधिवत् बण्डा छुट्टयाएको सम्पत्ति आ–आफूले राखी उपभोग गर्ने बिषयलाई छुट्याएर हेर्नुपर्ने देखिँदा केबल सँगै बसेको कारणबाट अंश जोरिएको लिखतको अभावमा सगोलका अंशियार मानी सोहीअनुरूप कानूनी मान्यता प्रदान गर्नु उपयुक्त एवं कानूनसम्मत नहुने । (प्रकरण नं.२) § २०३३ सालको बण्डाबमोजिम चल एवं अचल सम्पत्ति छुट्टैछुट्टै हिसावले आ–आफ्नो नाउँमा रहेको अवस्थामा सँगै बसेको भनेतापनि आ–आफ्नो अंश भाग छुट्टिएका कारणबाट आफ्नो–आफ्नो अंश भागबाटै खानपान गरिआएको मान्नुपर्ने । § सँग बसेको भएपनि सो मात्र कारणले निजको अपुताली पुनरावेदक वादीले मात्र पाउनुपर्छ भन्ने जिकीरसँग सहमत हुन नसकिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8410
मुद्दाको विषयनिर्णय दर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2067/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8410
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्