नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8408 · वि.सं. २०६७
नि.नं. 8408 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आँफैले पेश गरेको आवेदन फाराम रीतपूर्वकको भएको र प्राध्यापन गरेको अनुभव १० वर्षभन्दा वढी नै भएको भनी लिखित जवाफ व्यहोरामा उल्लेख गरेतापनि निवेदकले मूल दावी लिएको विज्ञापनमा उल्लिखित न्यूनतम् योग्यता महेन्द्र संस्कृत विश्वविद्यालयमा नै १० वर्षसम्म पढाएको हुनुपर्ने हकमा विपक्षीले उपप्राध्यापक पदमा रही सम्वद्ध विषय पढाएको अवधि (१० वर्ष) पूरा भएको भन्ने तथ्य प्रमाणले पुष्टि पेश गरेको आवेदन फारामको प्रतिलिपि नहुनुका साथै निजको उपप्राध्यापक पदको स्थायी नियुक्ति २०५२ साल उल्लेख भएको अवस्थामा सो मितिदेखि विज्ञापन प्रकाशित मितिसम्म दश वर्ष सेवा अवधि पुगेको मान्न नमिल्ने । (प्रकरण नं.४) § सहप्राध्यापक पदमा बढुवा पाउने स्थिति स्पष्ट देखिएको विद्यमान अवस्थामा विश्वविद्यालयले विज्ञापन प्रकाशित गर्दा आफैले उक्त सूचनामा उल्लिखित न्यूनतम योग्यताको आधारभन्दा भिन्न प्रकारबाट उम्मेदवार चयन गरी नेपाली विषयको योग्यताक्रमअनुसारको सहप्राध्यापक पदका उम्मेद्वारको हकमासम्म महेन्द्र संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्को २०६२।५।१३, १६ र १९ गते समेतको निर्णय एवं सो निर्णयअनुसार शिक्षक छनौट समितिको कार्यालयद्वारा प्रकाशित सूचना कानूनसम्मत नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8408 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2067/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8408 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
