नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8407 · वि.सं. २०६७

नि.नं. 8407 — लिखत बदर दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूलाई जुन कानूनले हक दिलाउँछ, सोही कानूनको अनुशरण गरेमा मात्र कानूनले पनि मद्दत गर्न सक्तछ । एउटा कानूनी व्यवस्थाले निर्धारण गरेको कुरालाई लिएर अर्को कानूनी व्यवस्थाको अनुशरण गरेको अवस्थामा तत्सम्बन्धी कानूनी आधारलाई विर्सिने हो भने पृथक–पृथक कुराहरूको सम्बन्धमा छुटाछुटै कानूनी व्यवस्था गर्नुको उद्देश्य नै पराजीत हुन जाने । § न्यायालयले पृथक विषयमा बनेको कानूनी व्यवस्थालाई सोही विषयसँग आवद्ध गरेर हेर्नुपर्ने । § कुनै एक विषयमा बनेको कानूनी व्यवस्था अर्को पृथक विषयको कुरामा पनि आकर्षित हुने भनी अर्थ लगाइने हो भने त्यसले कानूनी अराजकताको अवस्था उत्पन्न हुनुको साथै न्यायिक मर्यादा र अनुशासनको उल्लंघन हुनजाने भएकाले न्यायिक मर्यादा र अनुशासनमा रही कानूनको उचित रुपमा प्रयोग गर्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8407
मुद्दाको विषयलिखत बदर दर्ता बदर
निर्णय वर्ष / मिति2066/12/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
मुद्दा नं.२०६६-DF-००७
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8407
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्