नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8401 · वि.सं. २०६७
नि.नं. 8401 — नागरिकताको प्रमाणपत्र रद्ध ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आमाको जन्म नेपालमा भई निजका सन्तानको जन्म समेत नेपालमा भएको भए पनि नेपाल नागरिकता ऐन, २००९ को प्रारम्भमा नै उल्लिखित भएको अनिवार्य व्यवस्था अर्थात् नेपालको नागरिक हुनको लागि नेपाल राज्यको आदिवासी (Domicile) हुनुपर्ने । (प्रकरण नं.६) § कुनै देशको आदिवासी कोही व्यक्ति हो, होइन भन्न त्यो व्यक्ति उक्त देशको स्थायी वासिन्दा हो, होइन वा त्यस व्यक्तिले सो देशलाई आफ्नो स्थायी बसोवास भएको देश मानेको छ छैन एवं कुनै व्यक्ति अर्को देशमा पेशा व्यवसाय वा अध्ययन अध्यापनको उद्देश्यले गएपनि उसको भित्री विचारमा उसले यदि म फलानो देशमा बसोवास गर्ने व्यक्ति हुँ भनी मानेको र त्यस देश मै बसोवास गर्ने मनसाय राखेको अवस्था छ छैन सो विचार गर्नुपर्ने । (प्रकरण नं.७) § वंशजको नाताले नागरिकता प्राप्त गरेका र नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन, २०२० अनुसार प्राप्त गरेकोमा सो ऐनको दफा ३ मा वंशजको नाताले नेपालको नागरिकता प्राप्तिको लागि सोही दफाको उपदफा (१) मा सो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भनी व्यवस्था गरिएकोले पिता भारतीय नागरिक भएको भन्ने कुरा स्वयं स्पष्ट गरेकाले सोही ऐनअनुसार वंशजको नाताले नेपालको नागरिक हुन नसक्ने । (प्रकरण नं.१०) शुरु निर्णय गर्नेः माननीय गृहमन्त्री श्री रामचन्द्र पौडेल पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री केशरमान पती
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8401 |
|---|---|
| मुद्दाको विषय | नागरिकताको प्रमाणपत्र रद्ध । |
| निर्णय वर्ष / मिति | 2067/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8401 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
