नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 840 · वि.सं. २०३१

नि.नं. 840 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गुठी संस्थान अधिनस्थ गुठी जग्गामा तत्काल प्रचलित कानूनअनुसार मोहियानी हक नलाग्ने । यस सम्बन्धमा सर्वप्रथम प्रतिरक्षी भूमिप्रशासकको उक्त विवादग्रस्त निर्णयलाई हेर्दा सो निर्णयमा निवेदकले जोताहाको रूपमा उपर्युक्त जग्गा जोतिआएको स्थितिलाई खलबल्याउने गरी कुनै निर्णय भएको पाइँदैन । निवेदकले लगतमा मोहियानी लेखाएकोले सो लगत कट्टा गरिपाउँ भन्ने प्रतिरक्षी गुरुज महतोको उजूरी परेकोमा गुठी जग्गामा मोहियानी लाग्न नसक्ने भन्ने आधारमा लगत संशोधन गर्ने भन्ने सम्म उक्त निर्णयमा उल्लेख भएको पाइन्छ । यसबाट निवेदकले साविकबमोजिम जग्गा जोत्न नपाउने, जग्गा जोत्न पाउने अधिकारबाट निज बञ्चित हुने वा निजको स्थिति खल्बलिने गरी निर्णय भएको भन्न मिल्दैन । प्रस्तुत उक्त निर्णयमा जग्गा निवेदकले जोती आएको र निवेदक नै सो जग्गाको जोताहा हो भन्ने कुरा प्रष्टरूपमा उल्लेख भएको देखिन्छ । जहाँसम्म मोहियानी हकको प्रश्न छ, गुठी संस्थान अधिनस्थ गुठी जग्गामा तत्काल प्रचलित कानूनअनुसार मोहियानी हक नलाग्ने कुरा निर्विवाद छ र प्रतिरक्षी भूमिप्रशासकले उक्त निर्णयमा सोही कुरा उल्लेख गरेको छ । त्यसबाट निवेदकको कुनै कानूनी हकमा आघात परेको देखिन्न । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.840
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/03/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 840
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्