नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8393 · वि.सं. २०६७

नि.नं. 8393 — बन्दीप्रत्यक्षीकरण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नाबालकको पालनपोषण र संरक्षणमा विशेष सर्तकता अपनाउन पर्ने हुन्छ । यस प्रसँगमा बाबु र आमा कुनै कारणबश अलग अलग बस्ने भएमा मातृ वात्सल्यको आवश्यकता ठानिएकी नाबालिकाले निजकी आमाको काखमा हुर्कन पाउने र आमाको स्तनपान गर्न पाउने बालकको जन्मसिद्ध तथा बाँच्न पाउने अधिकारसँग गाँसिएको विषयलाई आत्मसात गरी मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३ नं को देहाय (१) मा भएको कानूनी व्यवस्थालाई यस अदालतले नजरअन्दाज गर्न नसक्ने । (प्रकरण नं.७) § आमाको मञ्जूरी विना वलजफ्ती राखेको कार्यबाट वच्चीको स्वतन्त्रतालगायत सम्पूर्ण हक अपहरण भएको देखिन्छ । स्वतन्त्रतासम्बन्धी हक हनन भएको अवस्थामा साधारण अधिकारक्षेत्र अवलम्बन गर्नुपर्ने भन्न कानून र न्यायका मान्य सिद्धान्त समेतको विपरीत हुने । (प्रकरण नं.८) § नाबालिकालाई कानूनको अख्तियार विना गैरकानूनी रुपले निजकी आमाबाट जबरजस्ती छुटाई गैरकानूनी रुपमा बन्दी बनाइएकोले (छुटाई) आमाको जिम्मा लगाई दिनुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8393
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण ।
निर्णय वर्ष / मिति2067/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश  श्री फणिन्द्रदत्त शर्माज्यूको रायसँग सहमत हुँदाहुदै पनि निवेदिकाको निवेदनपत्र नै खारेज हुने ठह | माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्माज्यूको निवेदन नै खारेज गर्ने रायसँग म सहमत नभएकाले प्रस्तुत मुद्दा निर्णयार्थ तेस्रो न्यायाधीशसमक्ष पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरका मा.न्या श्री सलाहुद्दीन अख्तर सिद्दीकीको मिति २०६६।७।२९ को फरक राय | माननीय न्यायाधीश श्री सलाहुद्दीन अख्तर सिद्धिकी र माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल तीनै जना बीच प्रस्तुत विषयको निष्कर्ष निरोपणमा एकरुपता कायम हुन नसकी न्याय प्रशासन ऐन
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8393
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्