नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 839 · वि.सं. २०३१

नि.नं. 839 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हकबेहकसम्बन्धी प्रश्न उठेको देखिए नगरपञ्चायत ऐन, २०१९ को दफा १७ (ढ) ले नगरपञ्चायतको अधिकार क्षेत्र भित्र नपर्ने । जहाँसम्म नगरपञ्चायत ऐन, २०१९ को दफा १७ को खण्ड (ढ) को प्रश्न छ, त्यसमा हकबेहक छुट्याउनु पर्ने बाहेक घर पाताल, सडक नाली, सन्धिसर्पन सम्बन्धी उजूर परेमा नगरपञ्चायतले जाँची किनारा गर्ने अधिकार दिएको पाइन्छ, रिट निवेदन जिकिरको का.न.पा.मा परेको मुद्दामा हकबेहकसम्बन्धी प्रश्न उठे नउठेको के रहेछ भन्नेतर्फ हेर्दा विपक्षीले जडान गरेको धाराको निकास पानी मेरो जग्गाबाट सो पटाड्डिनी र घरमा परेको पानीसम्म जाने मेरो एकलौटी निकास ढलमा जान दिन मञ्जुर छैन भन्ने वादी र साविक मेरोसमेत निकास गइरहेको ढलमा धाराको निमित्त पठाएको हो भन्ने प्रतिवादी भई दुई पक्षको मुख नमिलेको कुरामा हकबेहक छुट्याई निर्णय दिनु पर्ने हकबेहकसम्बन्धी प्रश्न उठेकै देखिन्छ । त्यसकारण उक्त दफा १७ को खण्ड (ढ) ले नगरपञ्चायतको अधिकार क्षेत्रभित्र पर्ने कुरै आएन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.839
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/05/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 839
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्