नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8383 · वि.सं. २०६७
नि.नं. 8383 — अपुताली हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अपुतालीको महलको १८ नं. मा उल्लेख भएको “वारेश” भन्ने शब्दले भेषधारीको चेलो भन्ने बुझिने हुन्छ, किनकी भेषधारी भएका साधु सन्तहरूको कुनै जात वा थर नहुने हुँदा त्यस्ता भेषधारीको आफ्नै छोरो पनि निजको हकमा वारेश हुन नसक्ने । § भेषधारीको अपुताली चेलोमा जाने भएकाले चेलो भन्ने नदेखिदा पछिबाट भनिएका चेलो हुँ, दीक्षा पनि लिएको हुँ, पगडी पनि पाएको छु भन्ने कुराले प्रमाणिक बल नराख्ने । (प्रकरण नं.३) § बकसपत्र गरिदिने दाताले चलाई आएसरह आउने अतिथि अभ्यागतलाई सेवा सत्कार गरी भोगचलन गर्नु भनी दाताको शर्त रहेको देखिएको र बकसपत्र प्राप्त गर्ने व्यक्तिले विवादित सम्पत्ति सोही शर्तबमोजिम सञ्चालन गरिआएको कुरामा विवाद नहुँदा सोही शर्तअनुरूप सम्पत्ति प्रयोग हुने भई यस सम्पत्तिमा अपुताली हक कायम हुन नसक्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8383 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम । |
| निर्णय वर्ष / मिति | 2067/02/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8383 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
