नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8374 · वि.सं. २०६७
नि.नं. 8374 — कुटपीट अंगभंग ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ राज्यले कानूनबमोजिम सजाय नै गर्नुपर्दा पनि कैद वा जरीवानासम्म मात्र गर्न सक्छ । सजायस्वरुप कुटपीट वा यातना दिन नसक्ने । § कुटपीट एक फौजदारी अपराध भएकाले कुटपीटको अपराधमा कुटिने व्यक्तिको शरीरमा यातना पीडा घाउ आदि भई क्षति पुग्दछ । कसैको अनतिक्रम्य शरीरमा कसैले कुटपीट गरी क्षति पुर्याउँछ भने त्यसरी क्षति पुर्याउने व्यक्तिलाई सजाय गर्नुका साथै कुटपीटको कारण कुटिने व्यक्तिको शरीरमा पुगेको क्षतिबापत क्षतिपूर्ति Compensation समेत पाउनु पर्ने । (प्रकरण नं.७) § क्षतिपूर्ति भराउने कार्य सजाय नभई यो कार्य Civil Liability अन्तर्गत पर्ने कार्य हो । त्यसैले प्रतिवादी दोषी ठहर भएपछि क्षतिपूर्ति भराउने सम्बन्धमा न्यायको रोहमा यस अदालतले पनि विगो रकम यकीन गर्न सक्छ । पीडितले उपचार गर्दा फलफूल र खाना खर्च समेतमा खर्च गरेको भनी विल भरपाइ समेत पेश गरेमध्ये औषधि उपचारबापत र कुरुवा खर्चबापत खर्च गरेको प्रमाणित भएको रकम At Cost घा खर्चबापत भराई दिनुपर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8374 |
|---|---|
| मुद्दाको विषय | कुटपीट अंगभंग । |
| निर्णय वर्ष / मिति | 2066/12/09 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8374 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
