नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8373 · वि.सं. २०६७
नि.नं. 8373 — उत्प्रेषणयुक्त परमादेश समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निगमको सञ्चालक समिति नीति निर्माण गर्ने सर्वोच्च निकाय भएको र त्यसले निर्धारण गरेका नीतिहरू महाप्रवन्धकले कार्यान्वयन गर्ने भन्ने निगम ऐनको उद्देश्य देखिन्छ । सञ्चालक समितिले महाप्रवन्धकको काम, कर्तव्य र अधिकार तोक्ने व्यवस्था भएको देखिदा सञ्चालक समितिको एक सदस्यको हैसियतले र प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी भएको महाप्रवन्धकलाई काम नदिई अधिकारविहीन बनाउने भन्ने निगम ऐनले परिकल्पना गरेको नदेखिने । (प्रकरण नं.४) § कुनै पनि पदमा नियुक्ति गर्दा Professional व्यक्ति नियुक्ति गरी त्यसरी नियुक्ति भएका व्यक्तिलाई कानूनमा तोकेको अवधिसम्म Security of Tenure प्रदान गरी Doctrine of Pleasure वा Spoils System लागू हुने पद जस्तो सरकार परिवर्तनसाथ नियुक्ति भएको पदाधिकारीहरूलाई पनि बदल्ने प्रचलन हटाउनु पर्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8373 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश समेत । |
| निर्णय वर्ष / मिति | 2066/11/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल |
| मुद्दा नं. | ०६६-WO-००३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8373 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
