नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8371 · वि.सं. २०६७

नि.नं. 8371 — अंश हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बण्डापत्रमा अवण्डा भनी नजनिएको सम्पत्ति यदि कुनै अंशियारको नाउँमा दर्ता कायम रहेको छ भने त्यो सम्पत्ति वण्डा गर्ने नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार सम्बन्धित पक्षमा नै निहीत रहन जाने । § कुनै अचल सम्पत्ति राजिखुसी साथ अंशियारबीच बण्डा गर्दैमा त्यस्तो अंशियारले निजी आर्जन तथा स्रोतबाट खरीद गरेको अन्य सम्पत्ति समेतबाट त्यस्तो अंशियारलाई वण्डा दिन पक्ष बाध्य हुन्छ भनेर भन्न नमिल्ने । § लिखतमा एकासगोलको अंशियार भनी साक्षी नराखेको अवस्थामा कुनै अंशियारको नाउँमा रहेको जग्गा त्यस्तो अंशियारले बेचविखन तथा वकस गरी दिँदा अर्को अंशियार साक्षी राखेको भन्दैमा अंशियारहरू एकासगोलमा रही बसी आएका रहेछन् भनी अनुमान गर्न नमिल्नुका साथै त्यस्तो अवस्थामा बसेको साक्षीको हैसियत साक्षीको रुपमा मात्र सीमित रहन जाने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8371
मुद्दाको विषयअंश हक कायम ।
निर्णय वर्ष / मिति2067/01/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8371
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्