नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 837 · वि.सं. २०३१

नि.नं. 837 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गाउँको मालपोत असुल तहसील गर्ने मुखिया भूमिसम्बन्धी ऐनको तात्पर्यको लागी जग्गा धनीको परिभाषा भित्र नपर्ने । अब यो निवेदक जग्गा धनी हो होइन भन्ने प्रस्तुत केशमा सर्वप्रथम निर्णय गर्नु पर्ने हुन आउँछ र त्यस सम्बन्धमा विचार गर्दा प्रतिपक्षी नरहरिले पेश गरेको निवेदक मु.उदस सिंले प्रतिपक्षी नरहरिलाई गरी दिएको १०१०।११।१८ को चलनी पूर्जि नक्कलमा वनजंगल नभएको पर्ति बाँझो भएको खोर भन्ने विरौटो खेत चन्द्रमान राणा मगरले लाग दावी छाडेको सोल्डेछ र सो जग्गा मलाई देउ भन्न आएका सो जग्गा तिम्रा नाउँमा मालमा लगत दिई दर्ता गरी खानु भनी नरहरि जैसीलाई चलनी पूर्जि गरी दियाँ भन्ने लेखिएको देखिएबाट उदय सिं गाउको मालपोत असुल तहसील गर्ने मुखिया देखिन आउँछ । त्यस्तो गाउँको मुखिया भूमिसम्बन्धी ऐनको तात्पर्यको लागि जग्गा धनीको परिभाषा भित्र नपर्ने भएकोले निवेदक उदय सिंलाई जग्गा धनी भनी भूमिसम्बन्धी ऐन, ०२१ (संशोधन समेतको) दफा ३२ (१) को खण्ड (ख) अनुसार रु.७०१। जरिवाना गरी ऐ.दफाको उपदफा २ को खण्ड (क) अनुसार निर्देशन जारी गर्ने गरेको प्रतिपक्षी भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण देखिएकोले सरकारी विद्वान अधिवक्ताको बहस कानूनसंगत देखिएन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.837
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2030/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 837
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्