नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 836 · वि.सं. २०३१

नि.नं. 836 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) झगडियाका मञ्जुरी लिखतको अभावमा वारेसले गरेको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । निवेदिकाले कूत दिलाई मोही निष्कासन गरी पाउँ भन्ने उजूरीमा धु्रवप्रसादलाई वारेस राखेको देखिन्छ । २०२८ साल आषाढ २३ गतेमा मिलापत्र गरेको भनको बेञ्च समक्ष सर्जमिनका अधिकांशले सरकारी अधिवक्ताले देखाउनु भएको मिसिलमा रहेका कागजमा वादी वा. धु्रवप्रसाद कायस्त भन्ने तपसीलमा लेखिएकोबाट निवेदिकाले दिएका उजूरीमा नै सो मिलापत्र भनेको कागज भएको भन्नु पर्ने हुन आउँछ यसबाट विद्वान सरकारी अधिवक्ताले बहस गरे बमोजिम धु्रवप्रसाद पक्ष भएको मुद्दामा सो मिलापत्र भएको भन्ने मिसिलबाट समर्थित हुन आएको देखिँदैन भूमिप्रशासकले उक्त कागजमा मिलापत्र गराउँदा गर्नु पर्ने तोक आदेश गरेको देखिँदैन । भूमिप्रशासकले दिएको लिखतजवाफमा सो कागजलाई मिलापत्रको संज्ञा दिँदै सो मिलापत्र कानून बमोजिम भएको छ भन्ने जिकिर लिएको देखिन्छ तर प्रचलित मुलुकी ऐन अ.बं. ६५ नं. को देहाय (४) मा वारेस राखेको मुद्दामा मिलापत्र गर्दा झगडियामा आफैं हाजिर भई गर्नु पर्छ आफू हाजिर हुन जान नसक्ने भन्दै मञ्जुरीको लिखत गरी पठाई दिएकोमा अड्डाबाट पनि सो मन्जुरीको लिखत बमोजिम गरी मिली जानामा अरु झगडीयाले पनि मन्जूर गर्‍यो भने ऐनबमोजिमको रीत पुर्‍याई ऐनले लाग्ने बक्सौनी लिई मिलापत्र गराई दिनु पर्छ लेखिएबमोजिम वारेस राख्ने झगडीयाको मन्जूरीको लिखत नभई त्यस वारेसद्वारा मिलापत्र गरे गराएको सदर हुँदैन भन्ने लेखिएको देखिन्छ । यसबाट निवेदिकाको जिकिर बमोजिम वारिसद्वारा मिलापत्र गराउँदा जसको वारेस हो सो झगडियाको उक्त ऐनबमोजिम मन्जुरीको लिखतको अभावमा मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भन्ने स्पष्ट शब्दमा बाध्यात्मक व्यवस्था गरेको देखिन्छ भूमिप्रशासको लिखितजवाफमा सो बमोजिम झगडीयाको मन्जुरीको लिखत परेको र त्यसको आधारमा सो मिलापत्र गराएको हो भन्न नसकी सगोलको छोरा समेत देखिएबाट अ.बं.५६ नं.का ४ दफा अनुसार अर्को अख्तियारनामा लिनु पर्ने देखिन नआई भन्ने जिकिरसम्म लिएको देखिएबाट उक्त २०२८ साल आषाढ २३ गतेको मिलापत्र भनेको कागजलाई कानूनले मान्यता दिन नसक्ने कुरा प्रष्टछ । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.836
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2029/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 836
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्