नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 835 · वि.सं. २०३१
नि.नं. 835 — परमादेशको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नगर पञ्चायतले नगर पञ्चायत (कार्य व्यवस्था चौथो संशोधन) नियमावली, २०२३ को नियम ७ (४) ले अधिकार प्रदान गरे भन्दा बढी कर उठाएको देखिए सो नियम विपरीत कर नउठाउनु भनी परमादेशको आदेश जारी हुने । २०२३ साल चैत्र २१ गतेको राजपत्रमा प्रकाशित नगर पञ्चायत (कार्य व्ययवस्था चौथो संशोधन) नियमावली, २०२३ को नियम ३ ले अर्कै नियम ७ राखी सो नियम ७ (४) मा नगर पञ्चायतले आफ्नो इलाका भित्रको ठेगानामा दर्ता नभएको तर आफ्नो इलाका भित्र आफूले बनाएको वा आफ्नो नियन्त्रणमा रहेको बाटोमा प्रयोग हुने देहायका प्रत्येक सवारीमा पटकै पिच्छे बढीमा देहायका दरले सवारी कर लगाउन सक्ने छ भन्ने उल्लेख भई देहाय (घ) मा भाडावाला वा निजी प्रयोग जुनसुकै भए पनि प्रत्येक ट्रक लहरी बसमा प्रतिमाइल ।५० पचास पैसा सम्म भन्ने उल्लेख भएको देखिएबाट रु.५० पैसासम्म सवारी कर लगाउन सक्ने अधिकार प्रदान भएको देखिन्छ । रु.१० प्रतिटिप लिने अधिकार कानूनले दिएको भनी देखाउन नसकेको लिखितजवाफमा नगर पञ्चायत कार्य व्यवस्था चौथो संशोधन नियमावली, २०२३ को नियम ७ (४) लाई अधिकारको श्रोत देखाएको ७ (४) ले प्रतिमाइल रु.।५० लिने अधिकार प्रदान गरेकोमा यसरी प्रतिटिप रु.१०। दस्तुर लिने अधिकार उक्त नियमले दिएको नदेखिएकाले उक्त नियम ७ (४) विपरीत कर नउठाउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 835 |
|---|---|
| मुद्दाको विषय | परमादेशको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2029/08/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 835 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
