नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 833 · वि.सं. २०३१

नि.नं. 833 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मानो छुट्टिएको भन्ने वादी, बण्डा भएको भन्ने प्रतिवादी भएकोमा कानूनको रीतपूर्वकको लिखतको अभावमा बण्डा भएको भन्न नमिल्ने । निर्णय उक्त विचार गर्दा वादी र प्रतिवादी समान अंशियार भन्ने कुरामा कुनै विवाद छैन ०१५।६।१७ मा मानु छुट्टिएको भन्ने वादी, १५ सालमा अंशबण्डा भइसकेको भन्ने प्रतिवादीको जिकिर देखिन्छ । प्रतिवादीका जिकिरअनुसार प्रतिवादीका जिकिरबमोजिम कानूनको रीत पुगेको बण्डापत्रको लिखतको अभावमा १५ सालमा बण्डा भएको भन्ने मिलेन, नालिस परेको मिति ०१९।१०।३।४ मा मानु छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अघिल्लो मितिको तायदाती लिने भन्ने ०३०।५।१९ को फुल बेञ्चको आदेशबमोजम दुवै पक्षबाट तायदाती दाखिल भइसकेको सो दाखिल भएको तायदातीमा उल्लिखित ऋणको हकमा साहूको दावी परेको बखत ठहरेबमोजिम हुने हुँदा प्रतिवादीले ३ अंशियार देखाई तायदाती दिएकोमा १ अंशियार जगतबहादुर मरिसकेको देखिएकोले वादीको १ अंश र प्रतिवादी तेजबहादुरको १ अंश लाग्ने हुँदा वादी रत्नदेवी श्रेष्ठ १, इश्वरबहादुर श्रेष्ठ १ समेतको वारेस भई आफ्नो हकमा समेत राधाकृष्णबहादुर श्रेष्ठले ०३०।८।२४ मा दिएको तायदातीमा लेखिएको घर पनि प्र.तेजबहादुर श्रेष्ठले दिएको ०३०।११।२७ को तायदातीमा पनि लेखिएकोले पनि प्र.तेजबहादुरले दिएको तायदातीबमोजिमकै श्रीसम्पत्ति बण्डा गरिदिए पुग्ने हुन आएकोले प्र.तेजबहादुर श्रेष्ठले दिएको तायदातीमा लेखिएको जम्मा विगो रू.३४,६००। को अवधि विगो रू.१७,३००। को श्रीसम्पत्ति वादीहरूले अंश छुट्याई पाउने ठहर्छ । सोबमोजिम नगरी ०१५।६।१७ मा मानु छुट्टिएको कायम गरिदिएको तायदाती कायम गरी डिभिजन बेञ्चले गरेको निर्णय मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.833
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2031/05/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 833
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्