नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 832 · वि.सं. २०३१

नि.नं. 832 — जग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मधेश मालसवालको ११० दफाअनुसार गोश्वाराबाट जाँच गर्नेसमेत व्यवस्था भएकोमा सो कानूनी विधि पूरा भई दर्ता हुने ठहरेपछि मात्र हाल आवादीमा दर्ता हुन सक्ने । सो जग्गा हाल आवादमा दर्ता गरिपाउँ भन्ने वादीको दर्खास्त परी निजको नाममा १० नं.फाराम खडा गरी दाखिल गरेको मधेश माल सवालको ११० दफाअनुसार गोश्वाराबाट जाँच गर्नेसमेत व्यवस्था भएको सो समेतको कानूनी विधि पूरा भई दर्ता हुने ठहरेपछि मात्र दर्खास्तवालाका नाममा हाल आवाद दर्ता हुन सक्ने हो, कानूनी व्यवस्थाअनुसार ०१०।१२।२४ गते जाँच डोर खटिई गएकोमा वादीले आफ्नो नाममा दर्ता गराउन नसकी आफूले आवाद गर्न सक्दिन भनी आफ्नो हकमा दावी छाडिसकेको र निजको छोडपत्रबमोजिम निलहरिसमतेका नाममा दर्ता गराएकोमा रामबहादुरले रू.१०,०००। मा हामीलाई राजीनामा दिएको जग्गा जालसाज गरी निलहरिसमेतका नाममा दर्ता गराएको बदर गरिपाउँ भनी चन्द्रकला रुक्मिणीदेवीहरूले यो वादीसमेत उपर जालसाजी मुद्दा दिएकोमा डोरमा गएको बखत घरसारको पास नभएको छोडपत्रको आधारमा निलहरिसमते नाममा वेरीतसँग दर्ता गराएको बदर हुने भनी मो.वि.अपिलबाट ०१३।१०।८।२ मा फैसला भई निलहरिसमेतका नामको दर्ता बदर भइसकेको समेत देखिन आयो । (प्रकरण नं. १६) (२) दर्ता बेगर हक स्थापित भएको मान्न नमिल्ने सो जग्गा विगाहा ३६द्र२।३ रामबहादुरले ०१०।२।६।३ मा रू.१०,०००। मा हामीहरूलाई राजीनामा गरिदिएको लिखत पास गराइपाउँ भनी चन्द्रकला, रुक्मिणिदेवीहरूले नालिस गरेकोमा यो वादीले दिएको ०११।२।६।४ को प्रतिवादीमा सो जग्गा मैले आवाद गरी खानलाई सावगासले नपुग्ने भएकोले निलहरिसमेतलाई ०६।१२।१४ मा छोडपत्र गरी छाडी दिइसकेको छु भनी जग्गामा दावी छाडिसकेको कुरा समर्थन गरी निज आफैंले उल्लेख गरेको र आखिर सो मुद्दामा ०१९।१२।२५।१ को डिभिजन बेञ्चबाट निर्णय हुँदा राजीनामामा आज भोलि मालबाट मेरो नाममा दर्ता हुने भएको जग्गा भन्ने बोली लेखिएको त्यस्तो आफ्नो हक भइनसकेको जग्गा बिक्री गरेको देखिएकोले राजीनामा पास हुन नसक्ने भन्ने ठहर भएकोसमेत रहेछ, यसबाट पनि डोर जाँदा आफूले आवाद गर्न सक्दिन भनी दावी छाडिसकेको वादीको नाममा दर्ता हुन नसकेको जग्गा–दर्ता बेगर निज वादीको हक स्थापित भएको मान्न नमिल्ने प्रष्ट हुन्छ । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.832
मुद्दाको विषयजग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ
निर्णय वर्ष / मिति2031/05/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह राल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 832
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्