नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 830 · वि.सं. २०३१

नि.नं. 830 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लुटपिटको वारदात कायम हुन अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनु पर्ने । लुटपिटको १ नं.बमोजिम लुटपिटको वारदात कायम हुनालाई त्यसमा उल्लेख भएको परिबन्दसँग अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनुपर्छ अनिमात्र लुटपिटको वारदात कायम हुन सक्ने हो । प्रस्तुत नालिसमा त्यस किसिमसँग हात हाली जबरजस्तीसँग खोसी लगेको भन्ने नभई खमारमा रहेको बाली हाम्रो बटैदारसमेतलाई मिलाई निजहरूको भाग छुट्याई हाम्रो बाली आफू खुसी गरिलिएको भन्ने वादी दावीको वारदात हो । जिम्मा लगाएको बाली जिम्मा लिनेसमेतले आफू खुसी गरी लिए खाएको भनी सबैका हकमा एकैकिसिमको दावी लिई वादीहरूले नालिस गरेको यस्तो कुरामा वादी दावीसमेतको अभावमा अम्बरलाल बाहेक अरू वादीको हकमा लुटपिटको वारदात कायम हुने भनी ०२९।१।६।३ को डिभिजन बेञ्चले तर्क गरेको मिलेको देखिएन । वादी दावी कायम हुने नहुनेसमेत कुरा इन्साफ हुँदा ठहरेबमोजिम हुने हो । नालिसको हकमा वादीहरूको लेख दावीबाट सबैका हकमा देवानी बिषयकै एउटै कुरो देखिन आएको हुँदा अ.बं.७२ नं. ले एउटै नालिस लाग्न सक्ने प्रष्ट छ । (प्रकरण नं. १३) (२) जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ । यस्तो एउटै झगडाको बिषयको कुरामा अ.बं. ७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर एउटै नालिस लाग्न सक्ने । वादीहरू ४ जनाको आफ्नो–आफ्नो भाग छुट्याई बण्डापत्र पास भइसकेकोले भिन्न भिन्न मानिसको अलग अलग हकमा अ.बं.७२ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने हकमा उक्त अ.बं.७२ नं.मा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाको बिषयको कुरा लेखी ल्याएको भए पनि लिई सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत विवादमा झगडाको बिषय एउटै छ, छैन त्यसतर्फ हेर्दा अम्बरलालसँगको झगडाको मुद्दाकै मूल कारणबाट अम्बरलालको साथै अरू वादीको समेत एकै खमारमा रहेको बाली जिम्मा लगाएकोमा सो बाली जिम्मा लिनेसमेतले एकैपटक आफू खुसी गरिलिएको भन्ने वादी लेखाइबाट देखिन आएको छ, जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ, यस्तो एउटै झगडाको बिषयको कुरामा उक्त अ.बं.७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने नै हुँदा वादीहरू ४ जनाको हकमा एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने तर्कसँग सहमत हुन मिलेन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.830
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2031/05/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 830
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्