नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8295 · वि.सं. २०६७

नि.नं. 8295 — अपुताली हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बाबु वा छोराको अपुताली पर्ने सम्पत्तिमा जे जस्तो हक हिस्सा रहन सक्थ्यो, त्यसरी नै निजहरूका छोरीहरूले प्राप्त गर्नु पर्दछ भन्ने तर्कले अपुतालीभन्दा पनि बढी अंशबण्डाको कानूनसँग सामिप्यता राख्ने । § बाबु र छोराका छोरीहरू दुवैको समान तरिकाले अपुताली हक कायम नहुने विधायिकाको मनसाय रहेको भए सो कुरा प्रष्ट रुपले अभिव्यक्त हुनु सहज र स्वभाविक मान्न सकिन्छ । जव कानूनको त्यस्तो विशेष अवस्था जनाउने उद्देश्य हुन्छ त्यो प्रष्ट रुपमा अभिव्यक्त हुन्छ । तर विवादित कानूनमा त्यस्तो विशेष (Special) अभिव्यक्ति नभई दुवैले बाँडी खान पाउँछन् भन्ने सामान्य (General) वाक्यांशको प्रयोग भएको देखिँदा त्यसको आशय बाबु र छोराका छोरीले बराबर बाँडी खान पाउने हो भन्ने निष्कर्षमा पुग्नु सहज र स्वाभाविक हुने । § कानूनमा प्रयुक्त भाषाले जे जस्तो अर्थ अभिव्यक्त गरिरहेको हुन्छ, त्यसलाई सोही रुपमा ग्रहण गर्नु स्वाभाविक र न्यायोचित हुन जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8295
मुद्दाको विषयअपुताली हक कायम ।
निर्णय वर्ष / मिति2066/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर
मुद्दा नं.०६३-CI-०३७१
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8295
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्