नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8293 · वि.सं. २०६७

नि.नं. 8293 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मानो छुटिृएको मितिका सम्बन्धमा दुई पक्षबीच मुख नमिले तापनि घरायसी बण्डापत्रको लिखत खडा भएको कुरामा वादी र प्रतिवादीको मुख मिलेको र सोलाई कुनै पनि रुपमा निष्क्रिय तुल्याइएका प्रमाणको अभाव रहेको अवस्थामा मानो छुटिृएको मिति कायम गर्ने प्रयोजनका लागि सो लिखतको मितिलाई आधार बनाउन मिल्ने । (प्रकरण नं.२) § कसैको नाममा जग्गा रहनु वा त्यस्तो जग्गामा नक्सा पास गरी घर बनाउने क्रियाले अंशबण्डा भैसकेको वा सो घरजग्गा जसको नाममा छ, निजको एकलौटी हकभोगको वा निजको स्वआर्जनको भन्ने तथ्यलाई पुष्टि नगर्ने । § घर व्यवहार सञ्चालनमा अवलम्बन गरिएका प्रक्रिया, सोसम्बन्धी सहमति वा समझदारीका कुराले अंश हकलाई प्रभावित पार्ने वा कसैलाई अंशहकबाट बञ्चित तुल्याउने वा अंशहकलाई संकुचन गर्ने भन्ने नहुने । (प्रकरण नं. ९) § अंशबण्डाको सन्दर्भमा घरसारका लिखत, सम्पत्तिको स्वामित्व वा भोग जस्ता विषयले मान्यता पाउन सक्दैन । त्यसको एकमात्र आधार भनेको पारित लिखत हो । पारित नभएको घरसारको बण्डापत्रमा कुनै कुरा उल्लेख हुँदैमा त्यसलाई निरपेक्ष रुपमा मान्यता दिने हो भने अंशबण्डाको महल निरर्थक हुन जाने र रजिष्टेशनसम्बन्धी कानूनी व्यवस्था औचित्यहीन हुन पुग्ने । (प्रकरण नं. ८) § मुलुकी ऐनमा २०३४ सालमा भएको सातौँ संशोधनपछिका विवादमा अंशबण्डाको १८ नं. ले निजी आर्जनका रुपमा परिभाषित गरेका सम्पत्तिहरूलाई बाहेक गरी बण्डा गर्नुपर्ने हुन आउँछ । तर सो मितिभन्दा अघिको हकमा त्यसरी बाहेक गर्न मिल्ने खालको कानूनी व्यवस्थाको अभावमा अदालतले अन्यथा हुने गरी व्याख्या गर्नसक्ने स्थिति नरहने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8293
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2066/10/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रणबहादुर वम | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६५।७।२५ को फैसला | माननीय न्यायाधीश श्री अनूपराज शर्माले व्याख्या गर्नु भएको छ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सदर हुनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुनु पर्दछ भनी वहस जिकीर प्रस्तुत गर्नुभयो | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय मनासिव ठहर्छ
मुद्दा नं.०६५-DF-००२६
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8293
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्