नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8291 · वि.सं. २०६७
नि.नं. 8291 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जुन कानूनले अधिकार दिएको हो सो कानूनअन्तर्गत बनेको र सो कानूनसँग बाधा विरोध भएको भन्ने दावी नरहेको अवस्थामा विनियमलाई उक्त ऐन, नियमको अनुकूल नै रहेको मान्नुपर्ने । (प्रकरण नं.५) § समान तहमा कार्यरत सबैलाई समान रुपमा लागू हुने कानूनी व्यवस्थाले कोही व्यक्ति विशेषलाई प्रभावित तुल्याएको भन्ने मात्र आधारमा असमान व्यवहार भएको भन्ने दावी गर्न सकिने हुँदैन । कुनै व्यक्ति विशेषलाई लक्षित नगरिएको कानूनी व्यवस्थालाई बिनाआधार शंकाको घेरामा राखी समानताको हकसँग जोड्नु व्याख्यात्मक दृष्टिले उचित नहुने । (प्रकरणनं.७) § शर्त वा योग्यता तोक्दा कुनै व्यक्ति विशेषलाई मात्र बञ्चित गर्ने नियत राखिएको अवस्थामा त्यस्तो शर्त र योग्यता तोकिएको क्रियामाथि प्रश्न उठाउन सकिने हुन्छ । तर समान अवस्थाका सबैलाई समान रुपमा आकर्षित हुने गरी तोकिएको शर्तलाई अन्यथा भन्न नसकिने । (प्रकरण नं.८) § लामो समयसम्म संस्थानको सेवामा सेवारत रही पदाबधिका कारणले सेवा निवृत्त हुनुपर्ने विषय रोजगारीको हकसँग सम्बन्धित विषय हुन नसक्ने । (प्रकरण नं.९) § शर्त तोक्दा कुनै व्यक्ति विशेषलाई मर्का पर्ने गरी तोकिन्छ वा कुनै व्यक्ति विशेषलाई लाभ हुने गरी तोकिन्छ र त्यसको औचित्य पुष्टि गर्न सकिँदैन भने न्यायपालिकाले हस्तक्षेप गर्न सक्छ । तर सबैलाई समान रुपमा लागू हुने गरी तोकिएको शर्तले तत्काल कसैलाई असर पर्यो भन्ने मात्र आधारमा न्यायपालिकाले हस्तक्षेप गर्ने हो भने त्यसबाट अरु जटिलताहरू उत्पन्न हुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8291 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2067/01/02 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| मुद्दा नं. | २०६६-WS-००२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8291 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
