नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 829 · वि.सं. २०३१

नि.नं. 829 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन नमिल्ने । उपयुक्त कानूनी व्यवस्थाहरूले अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्नुका अतिरिक्त सोबमोजिम बण्डापत्र रजिष्ट्रेशन पारित नभएकोमा अंशबण्डा सदर नहुने कुरा प्रष्ट रूपमा व्यवस्थित गरेको देखिन्छ । यसप्रकार कुनै दुई वा सोभन्दा बढी अंशियारहरूका बीचमा अंशबण्डा भएको छ वा छैन भन्ने विवाद तथ्यको निर्णय गर्ने एउटा निश्चित मापदण्ड कानूनले नै निर्धारित गरेकोले त्यस्तो विवादको निरोपण गर्दा अदालतले आफ्नो विवेकको प्रयोग गर्ने कुनै ठाउँ देखिँदैन । कानूनले निर्धारित गरेको मापदण्डकै आधारमा विवादको टुड्डो लगाउन अदालत बाध्य छ । अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित नभएसम्म अंशबण्डा सदर नहुने प्रष्ट कानूनी व्यवस्था हुँदाहुँदै पनि अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन मिल्दैन । यस सम्बन्धमा यस अदालतका विभिन्न फुल बेञ्चहरूबाट एकपछि अर्को परस्पर विरोधी निर्णयहरू हुन गई एउटा निश्चित नजीर कायम हुन नसकेकोमा आखिर वादी देवेन्द्रशमशेर विरुद्ध प्रतिवादी ज.लिलाशमशेरसमेत भएको दे.फु.नं. १८६ को मुद्दामा ०२९।८।२३।६ को फुल बेञ्चले कानूनी अनुरूप एउटा निश्चित सिद्धान्त कायम गर्न खोजेको देखिन्छ र सो मुद्दामा सो फुल बेञ्चले गरेको निर्णय नै आधिकारिक नजीरको ९ब्गतजयचबतबतष्खभ उचभअभमभलत० रूपमा कायम छ । उक्त मुद्दामा प्रतिवादी लिलाशमशेरले वादी देवेन्द्रशमशेरलाई अंश दिइसकेको छु भनी प्रतिवादी जिकिर लिई घरसारको बण्डापत्र पेश गरेकोमा प्रतिवादीको भनाइबमोजिमको लागि तत्काल अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं.बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन भनी वादीलाई अंश दिइसकेको भन्ने प्रतिवादीको भनाइलाई मान्यता दिन अस्वीकार गर्दै उक्त फुल बेञ्चका सातजना माननीय न्यायाधीशहरूको बहुमतले कानूनबमोजिम रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा अचल सम्पत्तिको अंशबण्डा सदर नहुने कानूनी सिद्धान्त कायम गरेको देखिन्छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.829
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2031/05/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 829
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्