नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8288 · वि.सं. २०६६

नि.नं. 8288 — आयकर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ असूल गरी लिन पाउने हक अधिकार भएको रकमलाई असूल हुन नसक्ने भनी मिनाहा दिई खर्चको दावी गर्न करदाताले सो रकम उठाउनको लागि सकेसम्म प्रयास गरेको कुराको प्रमाण पेश गर्न सक्नुपर्ने । § असूल हुन नसक्ने भनी मिन्हा ठहर गर्नुभन्दा पहिला करदाताले उक्त रकम असूल गर्नको लागि के कस्तो प्रयास गरेको थियो भन्ने कुरा सो व्यक्तिलाई उक्त रकम बुझाउन ताकेता गरी लेखापढी गरेको, कानूनी कारवाहीको सूचना दिएको वा यस्तो कारवाही चलाउँदा त्यस्तो रकम तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति फेला नपरेको वा कुनै कारणले निजउपर कानूनी कारवाही चलाउन नसकिएको वा निजको कुनै सम्पत्ति फेला नपरी अदालतको निर्णय कार्यान्वयन हुन नसकेको भन्ने जस्ता कुनै एक वा बढी अवस्था विद्यमान भएको कुराको प्रमाण कागजको आधारमा नै करदाताले भुक्तानी पाउन पर्ने कुनै रकम असूल नहुने भनी मिन्हा गर्ने ठहर गर्नुपर्ने । (प्रकरण नं.५) § करदाताले आय आर्जनको लागि कारोवारसँग सम्बन्धित खर्च हो भनी रीतपूर्वकका बिल भर्पाइहरू प्रस्तुत गरेको अवस्थामा त्यस्तो खर्च आयआर्जनको कार्यसँग सम्बन्धित खर्च होइन भनी कर कार्यालयबाट निर्णय गरिन्छ भने त्यसको आधारहरू प्रष्ट गर्नुपर्ने । (प्रकरण नं.९) § करदाता प्रतिष्ठानले नियमित व्यावसायिक कारोवारमा प्रयोग हुने रकमबाट छुट्याई त्यसको सञ्चालन नियन्त्रण र उपयोग कामदार र कर्मचारीहरूको आवास र सोसँग सम्बन्धित कल्याणकारी काममा प्रयोग र सञ्चालन गर्न उपयुक्त संयन्त्रको विकास भएको देखिँदैन भने त्यस्तो रकम छुट्याउनुको उद्देश्य पूरा भएको मान्न नमिल्ने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8288
मुद्दाको विषयआयकर ।
निर्णय वर्ष / मिति2066/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8288
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्