नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8287 · वि.सं. २०६६
नि.नं. 8287 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विलम्वको सिद्धान्तको एक मात्र वास्तविक तत्वमा समयको अन्तराल प्रमुख तत्व भए पनि विलम्व हुन गएको प्रमुख कारणको औचित्यको विश्लेषण गर्दा समयमा आफ्नो अधिकारको उपभोगमा सचेतता र सजगता नदेखाई उदासीनता देखाएको स्पष्ट रुपमा पुष्ट्याई हुन पर्ने । § विलम्व सिद्धान्तको दुहाई दिने पक्षले यसको औचित्य पुष्ट्याईको लागि मौकामा प्रत्यक्ष वा परोक्ष रुपमा निजका विरुद्ध गरिएको आदेश वा कारवाहीको सोही अवसरमा जानकारी प्राप्त थियो भन्ने वस्तुनिष्टरुपमा पुष्टयाई गर्नसक्नु पर्दछ । समयको अन्तराललाई मात्र यसको मापदण्ड निर्धारण गरी कसी लगाउने हो भने यसभित्र अन्तर्निहीत आदर्श र यसको वास्तविक मर्म तथा भावना मर्माहत हुन पुग्ने । (प्रकरण नं.६) § जव कानूनद्वारा स्थापित सर्वमान्य सिद्धान्त वा आदेशप्रतिकूल कुनै निकाय वा अधिकारीद्वारा कानून उल्लघंन गरी कुनै निर्णय गरी कसैको संरक्षित अधिकार कुण्ठित गरिन्छ भने त्यस अवस्थामा असाधारण अधिकारको क्षेत्राधिकारको शरणमा विवशतापूर्वक जानु पर्ने स्थिति सिर्जना हुन्छ र यस्तो अवस्थामा असाधारण अधिकार मुकदर्शक भएर वस्न पनि मिल्दैन । असाधारण परिस्थितिमा क्रियाशील हुने यो यस्तो अस्त्र हो जसले कुण्ठित अधिकार प्रचलन गर्न प्राण सञ्चय गर्न सन्जीवनी प्रदान गर्दछ । तसर्थ यसलाई सधै साघुरो लक्ष्मणरेखाभित्र सीमित राखी व्याख्यान गर्दा यसको औचित्य नै ह्रास हुने प्रवल सम्भावना सिर्जना हुन्छ, । तसर्थ सामान्य न्यायिक मान्यताको अवलम्वन नगरेको अवस्थामा यो सदैव क्रियाशील हुन्छ त्यसो नहुने हो भने यसको पावन आर्दश नै कुण्ठित हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8287 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2066/05/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8287 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
