नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8285 · वि.सं. २०६६

नि.नं. 8285 — ज्यान मार्ने उद्योग ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदातमा प्रयोग भएका हतियार बन्दुक प्रतिवादीहरूबाट वरामद हुन नसक्नुबाट वारदात नै घटित भएको होइन भन्ने निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.५) § सामान्यतः ज्यान मार्ने उद्योगको वारदातमा तेस्रो पक्षीय अवरोधको सिद्धान्त Doctrine of third party intervention को विचार गर्नुपर्ने । (प्रकरण नं.६) § ज्यान मार्ने उद्योग गर्नु भनेको कसैको ज्यान मार्ने प्रयास गर्नु हो । टाढैबाट बम वा बन्दुकको गोली प्रहारबाट पनि कसैको ज्यान मार्ने प्रयास वा उद्योग गर्न सकिन्छ । त्यस्तो प्रहार संवेदनशील ठाउँमा र प्रहारकर्ताले ताकेको निशानामा लागेमा ज्यान मर्न सक्दछ । तर निशानामा वा मर्मस्थानमा नलागेमा ज्यान मर्दैन । यस्तोमा कुनै तेस्रो पक्षीय अवरोधको सिद्धान्त लागू नहुने । § फायर गर्नु नै ज्यान मार्ने प्रयास गर्नु हो । यसमा त्जष्चम उबचतथ ष्लतभचखभलतष्यल को सिद्धान्त ज्यान मार्ने उद्योगका अरु वारदात जस्तै गरी लागू हुन सक्दैन । अवरोधको पुष्टि नभएबाट ज्यान मार्ने उद्योगको वारदात घटित भएको होइन भनी भन्न मिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8285
मुद्दाको विषयज्यान मार्ने उद्योग ।
निर्णय वर्ष / मिति2066/07/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री सुशीला कार्की
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8285
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्