नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8284 · वि.सं. २०६६

नि.नं. 8284 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तारेखमा आउनु पर्ने व्यक्ति किरिया बसेको कारणले तारेखमा आउन सकेन भने त्यस्तो अवस्थाबाट फुर्सद पाएको मितिले १५ दिन भित्र अदालतसमक्ष आएर तारेख थमाउन निवेदन दिएमा अड्डाले इन्कार गर्न नमिल्ने । (प्रकरण नं.४) § म्याद तारेख थामी दिने विषय मुद्दाका पक्षलाई पर्न गएको समस्यालाई निराकरण गर्नको लागि गरेको व्यवस्था भएकाले सो व्यवस्थाको स्पष्ट रुपमा दुरुपयोग गरेको भन्ने देखिएमा बाहेक सामान्यतया यो व्यवस्थाको लाभ सम्बन्धित पक्षलाई दिने कुरामा अनावश्यक झण्झट गर्न नमिल्ने । § कुनै प्राविधिक समस्या उठाई न्याय पाउने हरेक व्यक्तिको सारभूत विषयबाट नै पक्षलाई विमुख पार्ने न्यायिक प्रक्रिया र प्रणालीको उद्देश्य पनि होइन । न्यायमा जनताको सहज पहुँच र त्यसको अनुभूति पक्षले नगरेसम्म अदालतबाट दिएको इन्साफले कुनै अर्थ राख्दैन । पक्षले कसरी न्याय पाउन सक्छ, त्यस्तोमा सानातिना प्राविधिक कुराहरूले के कति मात्रामा बाधा अवरोध खडा गर्ने गरेको छ, सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्रकारका समस्याको निराकरण तर्फ न्यायपालिकाले आफुलाई अग्रसर गराउनै पर्दछ, अन्यथा न्यायपालिकाप्रतिको जनआस्थामा अभिबृद्धि हुन्छ भन्न नसकिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हिम्मत सिंह तथा अधिवक्ता अविनासकुमार प्याकुरेल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8284
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2066/05/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8284
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्