नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8283 · वि.सं. २०६६
नि.नं. 8283 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हुँदै नभएको व्यक्तिहरू वा गैरस्थानीय व्यक्तिलाई स्थानीय व्यक्ति भनी वा बस्दै नबसेको साक्षीलाई साक्षी बसेको भनी नभए नगरेको कुराको रोहवर साक्षी बसेको वा राखेको भए छुट्टै कारवाही गर्नुपर्ने हुन्छ । त्यस्तो कारवाहीको रोहमा मात्रै त्यस्तो साक्षीको हकमा छानबीन गरी निर्णय गर्न सकिन्छ । सो बाहेक एकपटक अड्डाबाट तामेल भएको म्यादको रीत वेरीत जाच्दा उक्त तामेलीको अनुहारबाटै रीत पुगे नपुगेको कुराको निर्णय गर्नुपर्ने । § शुरु अदालतले म्याद रीत वेरीत सम्बन्धमा जाँच गरी दिएको आदेशउपर मिसिल बाहेकका तथा मुद्दा नपरेका विषयका सिफारिश वा अन्य तथ्यलाई आधार लिई रीत वेरीतको जाँच गर्ने हो भने पुनरावेदन स्तरमा मिसिलमा भए भन्दा बाहिर गई विचाराधीन विषयभन्दा बाहिरको विषयमा प्रवेश गरी निर्णय गर्ने पद्धति विकास हुन जाने । § कसैउपर कुनै आरोप वा दोष लगाइएको कुनै कार्यको कानूनी परिणामतर्फ ध्यानै नदिई रीत वेरीतको सामान्य प्रक्रियाबाट अघि बढेको मुद्दामा दावीको विषय जस्तो गरी तथ्यात्मक प्रश्नमा प्रवेश गर्न नमिल्ने । § अ.वं. १७ नं. बमोजिम निवेदन परिसकेपछि मात्रै कुनै खास प्रक्रिया वेगर ल्याइएको वडाको सिफारिश र सोउपर कुनै न्यायिक परीक्षण वा प्रतिवादको मौका समेत नदिई गरेको आदेश त्रुटिरहित मान्न नसकिने । (प्रकरण नं.२) § सँगै रहेको एउटा मुद्दामा आफुले तारेख लिने र अर्कोलाई थाहा नपाए जस्तो गर्नु कुनै खास उद्देश्यले गरेको व्यवहारबाहेक अरु केही भन्न सकिन्न, तर सँगै रहेको लगाउको मुद्दाको सुनुवाईबाट समेत अनभिज्ञता प्रकट गर्ने व्यवहारलाई भने कानूनले उन्मुक्ति दिने कुरा सोच्न नसकिने । (प्रकरण नं.४) § सूचनाको सिद्धान्तले सूचना इन्कार गर्ने वा सूचना पाएर पनि नपाएको अभिनय गर्नेको सन्तुष्टिलाई कहिले पनि सम्बोधन गर्न सक्ने हुँदैन । सूचना सम्प्रेषण गर्ने कर्तब्य भएको निकायले सूचनाको प्रवाह गरी सूचना थाहा पाउनु पर्ने व्यक्तिसम्म इमानदारीपूर्वक पुर्याउन कोशिस भने गरेको हुनु पर्दछ । अन्यथा अ.वं. ११० नं. को म्याद तामेली वा मुद्दाको कारवाहीमा सूचना पुर्याउने कार्य अत्यन्त रुढीगत यान्त्रिक प्रक्रियामात्रै हुन पुग्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8283 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2066/07/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8283 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
