नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8281 · वि.सं. २०६६

नि.नं. 8281 — मानाचामल भराई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एकासगोलका अंशियारहरू रहे भएको विवाद नभएको अवस्था तथा नावालक छोराको स्वास्थ्य एवं शिक्षादीक्षामा परिवारको संरक्षक रहेका सासू ससुरा तथा पतिले विशेष ध्यान पुर्‍याउनु पर्ने अवस्थाबाट परिवारका अग्रजहरू नै विमुख हुन चाहने हो भने पनि उनीहरू आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनन् । उनीहरूले आफूलाई तोकिएको सामाजिक दायित्वका साथसाथै कानूनी बाध्यताहरू पनि पूरा गर्नुपर्ने । (प्रकरण नं.३) § बण्डा नछुट्याएसम्म अंशबापतको सम्पत्ति वास्तविकरुपमा उपभोग गर्न पाउने अवस्था नहुने हुदाँ फैसला मितिसम्मको मात्र मानाचामल भराउनु तर्कसंगत एवं विवेकसम्मत नहुने । (प्रकरण नं.४) § तथ्यगत रुपमा अंश पाइनसकेको एवं नावालक छोराको भरणपोषण, शिक्षा, स्वास्थ्यका लागि दैनिक रुपमा रकमको आवश्यकता पर्ने नै हुँदा यस प्रयोजनका लागि समेत मानाचामलबापत केही रकम भरिपाउनु अनिवार्य आवश्यकताको रुपमा रहने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8281
मुद्दाको विषयमानाचामल भराई पाऊँ ।
निर्णय वर्ष / मिति2066/07/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8281
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्