नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 828 · वि.सं. २०३१

नि.नं. 828 — बन्धकी निखनाइपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पहिलो राजीनामा यथावत भएपछि पछि लिखत गराई लिनेको जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाइपाउँ भन्ने वादी पुग्न नसक्ने । विवादास्पद जग्गा प्रतिवादी विकुलालले नै भोग गरी आएको भन्ने कुरामा विवाद छैन रू.१७। को बन्धकीमा भोगी आएको भन्ने कुराको लिखत दोहरी केही देखिएन । विकुलाललाई अघिको लिखतको सट्टा ०१४।११।१५ मा गरिदिएको रू.६०। को राजीनामा झुक्याई सही गराएको भनी सार्किगोले तामाङ्गले बयान गरे तापनि त्यसको सबूत प्रमाण केही दिन सकेको छैन्, सो प्रतिवादी विकुलालको ०१४।११।१५ को राजीनामा यथावत भएपछि सोभन्दा पछि ०१५।६।१७ मा लिखत गराई लिने हरिभक्तका जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाउन पाउँ भन्ने वादी दावी पुग्न आएन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.828
मुद्दाको विषयबन्धकी निखनाइपाउँ
निर्णय वर्ष / मिति2031/05/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 828
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्