नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8279 · वि.सं. २०६६

नि.नं. 8279 — अंश अपुताली ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवाहिता छोरीले बाबुको अंश पाउने व्यवस्था तत्कालीन अंशबण्डाको महलले गरेको नदेखिँदा अपुतालीको महलले मर्नेको नजिकको अरु कोही नभए विवाहित छोरीले अपुताली पाउने व्यवस्था गरेको भए पनि आफ्नो पिताको नामको यो सम्पत्ति भएकोले सो सम्पत्तिमा अपुताली हक कायम गरिपाऊँ भनी दावी लिन नसकेको र स्व. पिताको नाममा कुनै पुर्खौली अचल सम्पत्ति नै नभएको अबस्थामा हाल अंशमा दावी गर्न नमिल्ने । § अपुतालीको २० नं. ले निर्दिष्ट गरेको हदम्याद भित्र फिराद परेको नदेखिनुका साथै अंशबण्डाको महलको २०५८ सालमा भएको एघारौं संशोधनपछि ऐ. को ५ नं. ले अंश नहुँदै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी वा छोराछोरीले पाउने व्यवस्था भएबाट २०५८ सालअघि छोरीले अंश पाउने व्यवस्था रहेको समेत देखिंन नआउदा पछि भएको संशोधनले अगाडिको व्यबहारलाई नसमेट्ने। (प्रकरण नं.३) पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुरेन्द्रकुमार खड्का

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8279
मुद्दाको विषयअंश अपुताली ।
निर्णय वर्ष / मिति2066/06/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8279
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्