नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8277 · वि.सं. २०६६
नि.नं. 8277 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अवकाश दिने बारेको कुनै निर्णय नभएको अबस्थामा उद्योग प्रतिष्ठानभित्र प्रवेश गर्न रोक लगाउने कार्य, परिचयपत्र रद्द गर्ने कार्य तथा प्रतिष्ठानमा काम गर्नबाट रोक लगाउने वा वञ्चित गर्ने कार्यलाई उद्योगको आचरणबाट सेवा अन्त्य गरेको वा अवकाश दिएको देखिने कार्य गरेको वा अप्रत्यक्ष रुपमा सेवाबाट अवकाश दिएको (Constructive Dissmissal) मान्नुपर्ने । (प्रकरण नं.५) § आचरणबाट सेवा अन्त्य गरेको मानिने कार्य गरी अप्रत्यक्ष रुपमा सेवाबाट अवकाश दिने कार्य गरेको (Constructive Dissmissal) अवस्थाको कार्य श्रम ऐन, २०४८ को दफा १० विपरीतको कार्य सिर्जना भएको अबस्थामा विवाद हेर्ने क्षेत्राधिकार श्रम ऐन, २०४८ ले श्रम अदालतलाई प्रदान गरेको अवस्था नदेखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8277 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2066/06/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8277 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
