नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8276 · वि.सं. २०६६
नि.नं. 8276 — परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रकृतिले मानवलगायतका प्राणीहरूको अत्यावश्यकीय वस्तुको रुपमा दिएका हावा, पानी, वनजंगल लगायतका चिजवस्तुहरू कुनै एकै व्यक्ति वा एउटा मानव पुस्ताको लागि मात्र वा कुनै खास व्यावसायिक एवं औद्योगिक प्रयोजनको लागि मात्र अनियन्त्रित एवं अव्यवस्थित रुपमा उपभोग वा दोहन गर्न वा हुन नदिई तिनीहरूलाई पुस्तौंपुस्तासम्मको लागि समेत सुरक्षित राख्न व्यवस्थित, दिगो एवं नियन्त्रित तवरले प्रयोग र दोहन गर्ने व्यवस्था मिलाउनु राज्यको परम् कर्तव्य हुने । (प्रकरण नं.४) § काठमाडौं उपत्यकाभित्रको भूमिगत जलस्रोत उपयोग वा दोहन गर्ने भनी उल्लेख गरेका विभिन्न संघ संस्था र निजी कम्पनीहरू, कलकारखाना, होटल, आवास गृह, अस्पताल, नर्सिङ्ग होमलगायतका निकायहरू निःसन्देह रुपमै व्यावसायिक एवं व्यापारिक वा नाफाको उद्देश्यबाटै स्थापित वा खडा भएको भन्ने देखिएको स्थितिमा त्यस्ता निकायहरू लगायत खानेपानी आपूर्ति गर्ने व्यवसायमा संलग्न व्यक्ति वा संस्थाहरूले भूमिगत पानीको दोहन गर्नुपूर्व जलस्रोत ऐन, २०४९ बमाोजिम नेपाल सरकार वा सम्बन्धित निकायबाट अनिवार्यतः अनुमतिपत्र लिनुपर्ने । (प्रकरण नं.१०) § भूमिगत जलस्रोतको अनियन्त्रित एवं अनियमित दोहनलाई नियन्त्रित र नियमित रुपमा व्यवस्थापन गरी दिगो एवं सन्तुलित रुपमा दोहन र उपभोग गर्नु गराउनु अनिवार्य देखिने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8276 |
|---|---|
| मुद्दाको विषय | परमादेश । |
| निर्णय वर्ष / मिति | 2066/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8276 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
