नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 827 · वि.सं. २०३१

नि.नं. 827 — हकसफा गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निखनाइपाउँ भन्ने कुरामा निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने बाहेक अरू कुरामा रजिष्ट्रेशनको ३५ नं.२ दफाले माललाई अधिकार प्रदान गरेको । प्रस्तुत मुद्दामा प्रतिवादीले बयान गर्दा हक सफा गर्न पाउने ६ महिना ऐनको म्याद नाघेकाले थैली बुझ्न मञ्जुर छैन भन्नेसम्म जुन कारण देखाएको छ, त्यो प्रमाण बुझी इन्साफ दिनु पर्ने हकबेहकसम्बन्धी कुरा होइन । त्यो त मालमै रहेको श्रेस्ता कागज र लेनदेन व्यवहारको ११ नं. को आधारमा मालबाटै निर्णय गर्न सकिने कुरा हो । कानूनले उजूर सुन्ने अधिकार दिएको छ भने त्यो उजूरी कानूनको म्यादभित्र परेको छ, छैन भन्ने प्रारम्भिक कुरा उजूर सुन्ने अड्डाले हेर्न नपाउने हुँदैन । निखनाइपाउँ भन्ने कुरामा निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने बाहेक अरू कुरा उक्त रजिष्ट्रेशनको ३५ नं.२ दफाले माललाई अधिकार प्रदान गरेकै छ प्रस्तुत मुद्दामा उक्त रजिष्ट्रेशनको ३५ नं.२ दफाबमोजिम मालले नालिस गर्नु भनी सुनाउने अवस्थाको जस्तो कि सबूत प्रमाण बुझी त्यसको आधारमा निर्णय गर्नुपर्ने हक बेहकसम्बन्धी प्रश्न नै नउठेकोमा हकबेहक गर्ने अधिकार नभएको माल र प्र.जि.अ.ले फैसला गरेको बदर हुन्छ भनी ०२६।८।२३।२ को डिभिजन बेञ्चले कारवाईको सम्बन्धमा निर्णय गरेको देखिँदा अन्तिम फैसला नभएकोले त्यसको औचित्य हेर्न हुँनेमै उक्त निर्णयमा देखाएको तथ्य मिलेको नदेखिएकाले निवेदकतर्फका विद्वान अधिवक्ताले उठाउनु भएको उपरोक्त तर्कतर्फ अरू विचार गरिरहनु नै परेन । उक्त ०२६।८।२३।२ को डिभिजन बेञ्चको फैसला र सो आधारमा तहतह निर्णय हुँदै आएको राप्ती अञ्चल अदालत तथा ०२८।४।५।८ को डिभिजन बेञ्चको फैसलासमेत बदर हुने ठहर्छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.827
मुद्दाको विषयहकसफा गरिपाउँ
निर्णय वर्ष / मिति2031/04/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 827
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्