नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 825 · वि.सं. २०३१
नि.नं. 825 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारको हक स्वतः समाप्त हुने जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने । पहिले लालमोहर हुँदा धनपुरसिं कुमालले खाएको जग्गा निजकै जागिर जानी भोग गर्न पाउने गरी खान्गीमा ठेकिएको भए पनि १९८० सालको नापीमा जग्गा कमाउने मोही धिर्जमानका नाममा दर्ता हुन गएकोछ र २००३ सालमा सो कुमालले खान्गीमा यो प्रतिवादी आशाबहादुर हुँदा जग्गै आफूले भोग गर्ने गरी पाएको नभई बालीसम्म खान पाउने गरी पाएको निजका नामको २००५ सालको तिर्जामा २००५ सालको गहुँ बाली खाने भन्ने उल्लेख भएबाट प्रमाणित हुन्छ, यस्तो जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारहरुको हक स्वतः समाप्त हुने र जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने हो यो कुरा स्वयं प्रतिवादीले पनि मानिराखेकै पाइन्छ । खान्गी खारेज भएपछि तिर्जावाला जागिरदारकै नाममा दर्ता हुने कानूनी व्यवस्था भएको पाउन सकिएन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 825 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2031/04/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 825 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
