नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8199 · वि.सं. २०६६

नि.नं. 8199 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सेवामा प्रवेश गरेपछि उक्त सेवा समूहसँग सम्बन्धित प्रावधान मान्न सवै कर्मचारी वाध्यकारी हुने । § विमान परिचालक पदलाई कायमै राखी तत्कालीन परिस्थिति र आवश्यकता अनुसार केही समयको लागि अन्यत्र काम गर्दैमा लियन पदको हक वा दायित्वबाट मुक्त हुन नसक्ने । § लियन पदमा रहेसम्म सोही पदको हैसियतले पाउने हक दायित्व एवं सुविधा उपभोग गर्नुपर्ने । § कुनै खास व्यक्तिको हकमा गरेको तथ्यगत विवेचना सहितको निर्णय नजीर नभै दृष्टान्त मात्र हुन्छ । खास कानूनको प्रचलनको लागि कानूनको व्यवस्थामा गरिएको ब्याख्यामार्फत प्रतिपादित हुने सिद्धान्त नजीर हुने । § बिना कानूनी सिद्धान्त, कुनै कुराको दृष्टान्तलाई आधार बनाई नजीर मानी उपचार दिन नमिल्ने। (प्रकरण नं.३) § नेपाल वायुसेवा निगम कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम ६३ को प्रावधान Crew समूहमा आवद्ध सवै कर्मचारीहरू बीच आकृष्ट हुने भएबाट कानूनको प्रयोगमा भेदभाव भयो वा आफूलाई असमान व्यवहार गरियो भन्न नमिल्ने । § समानहरूका बीचमा भएको समान व्यवहारले समानताको सिद्धान्त उल्लंघन हुन नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8199
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2066/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेश कुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8199
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्