नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8197 · वि.सं. २०६६
नि.नं. 8197 — छिप छिपको जग्गा दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो हक भोगका प्रमाण राखी सोही आधारमा सोही कार्यालयबाट एक पटक छुट जग्गा दर्ताको निर्णय गरिसकेको अवस्थामा पूर्व निर्णय त्रुटिपूर्ण रहेको भनी त्यसलाई बदर गर्न अग्रसरता लिने पक्षले नै त्यस कुराको पुष्ट्याई दिनु पर्ने । (प्रकरण नं.९) § न्यायिक वा अर्धन्यायिक अधिकार प्रयोग गर्ने अदालत वा न्यायिक एवं अर्ध न्यायिक निकायलाई आफ्नो निर्णय आफै बदर गर्न पाउने क्षेत्राधिकार हुँदैन । निर्णय अन्तिमता Finality of Decision को सिद्धान्तले आफ्नो निर्णय पटक पटक फेर्न नहुने । § पुनरावेदन परी उल्टनेदेखि बाहेक एकै तहको अदालत वा अर्ध न्यायिक निकायले एक पटक आफूले गरेको निर्णय वा फैसला कानूनमा भएको व्यवस्था र प्रक्रियाबाहेक आफै बदर गर्न नसक्ने । सम्बन्धित पक्षहरुलाई बन्धनकारी हुने । (प्रकरण नं.११) § अर्ध न्यायिक निकायले पनि कसैको हक हितमा असर पर्ने गरी निर्णय गर्दा न्यायिक प्रक्रिया नै अवलम्बन गर्नुपर्ने । § छुट जग्गा दर्ता समितिको सिफारिशमा कानूनबमोजिम आफूले गरेको आफ्नो पूर्व निर्णय बदर गर्न पाउने अख्तियारी कुनै पनि कानूनले प्रदान गरेको नदेखिने । (प्रकरण नं.१२) § मालपोत कार्यालयले सबुद प्रमाणको आधारमा कानूनबमोजिम आफूले गरेका पूर्व निर्णयहरु परिवर्तन गर्दै जान पाउँछ भनी व्याख्या गर्ने हो भने जग्गा दर्ता सम्बन्धमा मालपोत कार्यालयबाट हुने कुनै निर्णयको स्थायित्व कायम रहन नसक्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8197 |
|---|---|
| मुद्दाको विषय | छिप छिपको जग्गा दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2065/10/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8197 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
