नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8195 · वि.सं. २०६६
नि.नं. 8195 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन लाग्ने नलाग्ने सम्बन्धमा परस्पर विपरीत कानूनीव्यवस्था भएको सन्दर्भमा निर्णय दिनुपर्ने अधिकारीले पूर्ण रुपमा विवेकको प्रयोग गरी तिनीहरूको अन्योन्याश्रित सम्बन्ध र पर्न आउने दुवै प्रकृतिका मुद्दाबाट एक अर्कामा पर्नसक्ने असर तथा प्रभावको बारेमा समेत गम्भीरतापूर्वक विचार गरी निर्णय गर्नुपर्ने । § कुनै मुद्दामा निस्कने परिणामलाई अर्को मुद्दामा निस्कने परिणामले असर पार्छ भने त्यस्तो असर पार्ने मुद्दाको निर्णय भएपछि मात्र अर्को मुद्दाको निर्णय गर्नुपर्ने । § मोही लगत कट्टा मुद्दा र जोत खिचोला मुद्दामा भएको अन्तिम निर्णयका आधारमा मात्र मोही कायम हुने वा नहुने भन्ने यकीन हुने र मोही कायम हुने अवस्था आएमा मात्र बाँडफाँडको विषय निराकरण हुनेहुँदा मोही लगत कट्टा हुने गरी अन्तिम निर्णय भएमा मोही बाँडफाँड मुद्दाको अस्तित्व र औचित्य नै समाप्त हुन जाने । § कुत दिलाई मोही निष्कासन मुद्दामा पुनरावेदन गर्न पाउने अवस्था बाँकी छँदै त्यसलाई वेवास्ता गरी मोही निष्कासन मुद्दा र बाँडफाँड मुद्दा एकै दिन निर्णय गरी मोही बाँडफाँड गरिदिने ठह¥याएको निर्णय कानूनविपरीत हुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8195 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2066/03/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8195 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
