नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8194 · वि.सं. २०६६

नि.नं. 8194 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आवश्यक संख्यामा भन्ने वाक्याँशले आवश्यकताअनुसार एक वा एक भन्दा वढी आयुक्तहरू रहन सक्ने अवस्थालाई संविधानले इङ्गित गरेको देखिएको स्थितिमा प्रमुख आयुक्त र अन्य एक जना मात्र अन्य आयुक्त हुन सक्ने अवस्थालाई इन्कार गर्न सकिदैन र प्रमुख आयुक्त र अन्य एक जना आयुक्त मात्र रहेभएको अवस्थामा दुवै जनाबीच मतभिन्नता भएमा प्रमुख आयुक्तको रायलाई नै आयोगको निर्णय मान्नु पर्ने अवस्था देखिन आउँछ । यदि यसो नहुने भनी अर्थ गर्ने हो भने सवैधानिक निकायको संरचना नै निरर्थक एवं निष्क्रिय हुन जाने । (प्रकरण नं.३) § सर्वोच्च अदालतको एक न्यायाधीशको इजलासले विशेष अदालतको अध्यक्ष अथवा कुनै एक जना सदस्यको रायलाई समर्थन मात्र गर्नुपर्ने गरी अधिकार निश्चित वा सीमित गरेको पाइदैन। वस्तुतः सर्वोच्च अदालतको इजलासलाई निर्णय दिंदा मातहतका अदालतको न्यायाधीशको राय समर्थन मात्र गर्ने गरी सीमित गरिनु न्याय र कानूनको दृष्टिकोणले उपयुक्त नहुने । (प्रकरण नं.४) § भ्रष्टाचारको कसूर अपराध ठहर्नको लागि त्यस्तो कार्यमा बद्नियत तत्वको विद्यमानता अपरिहार्य हुन्छ । राष्ट्र बैंकले विश्व बैंकबाट प्राप्त गर्ने सहयोग रकम आफूखुसी आफै खर्च गरेको नभई भुक्तानी दिएको रकम विश्वबैंकबाट स्वीकृत भई सोधभर्ना आएको अवस्था हुँदा संस्थाको रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने तथ्य प्रमाणित हुन नसक्ने । (प्रकरण नं.८) § भ्रष्टाचारको कसूरमा कुनै काम कुरा गर्ने गराउने वा दिने र पाउने दुवै व्यक्ति वा निकाय दोषी हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8194
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2066/03/21
अदालत / इजलाससर्वोच्च अदालतको एक न्यायाधीशको इजलासले विशेष अदालतको अध्यक्ष अथवा कुनै एक जना सदस्यको रायलाई समर्थन मात्र गर्नुपर्ने गरी अधिकार निश्चित वा सीमित गरेको पाइदैन। वस्तुतः सर्वोच्च अदालतको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री भुपध्वज अधिकारीले प्रतिवादीहरू विजयनाथ  भट्टराई र सुरेन्द्रमान प्रधानले भ्रष्टाचारको आरोपबाट सफाइ पाउने ठहर्छ भनी राय व्यक्त गरेको | माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.व.राले भ्रष्टाचारको कसूर ठहर्ने राय व्यक्त गरी विशेष अदालतका तीन जना माननीय न्यायाधीशहरू बीच भिन्नाभिन्नै राय व्यक्त भएको अवस्था भै वहुमत कायम हुन नसकेकोले विशेष अदालत ऐन
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8194
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्