नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8178 · वि.सं. २०६६

नि.नं. 8178 — प्रतिलिपि अधिकार उल्लंघन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनमा प्रष्ट कानूनी व्यवस्था भैरहेको स्थितिमा घटी वा बढी म्यादको समय उल्लेख गरी पक्षको नाममा पठाएको म्याद वा फैसलाले कानूनले प्रष्ट व्यवस्था गरेको म्यादलाई घटाउन वा बढाउन सक्ने अवस्था हुँदैन । कानूनमा स्पष्ट भैरहेको व्यवस्थालाई शुरु अदालतको फैसलामा उल्लेख भै अदालतले पठाएको म्यादले संशोधन गरी घटाउन वा बढाउन पनि सक्दैन र सो म्यादको आडमा मुद्दाका कुनै पनि पक्षले आफूले गरेको गल्तीबाट उन्मुक्ति पाउने अवस्था समेत नरहने । (प्रकरण नं.४) § कार्यविधिका हकमा जुन कानूनको अवलम्बन हुनु पर्छ भनी विधिकर्ताले तोकेको हुन्छ त्यसलाई अन्यथा रुपान्तरण गर्न कानूनसंगत नहुने । (प्रकरण नं.६) § कुनै अदालतले पुनरावेदनको म्याद दियो वा कुनै क्षेत्राधिकार तोकिदियो भन्दैमा त्यो कानूनसम्मत छैन् भने त्यसको कुनै अर्थ नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8178
मुद्दाको विषयप्रतिलिपि अधिकार उल्लंघन
निर्णय वर्ष / मिति2066/04/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8178
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्