नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8177 · वि.सं. २०६६

नि.नं. 8177 — अपुताली हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालती बन्दोवस्तको २४ नं ले १६ वर्ष नपुगेको नाबालक र उमेर पुगेका भएपनि कुनै किसिमको रोगले होश ठेगानामा नभएका वा बौलाएका मानिस समेतको कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी कुनै कागज लिनु गराउनु हुदैन भन्ने सुरक्षात्मक प्रक्रियाको अवलम्बन गर्नुपर्ने व्यवस्था सम्म गरेकाले त्यसरी संरक्षक भनेर कुनै कागजमा सही गर्नेले नै सो लिखत लिने वा दिनेको एकमात्र कानूनी उत्तराधिकारी हुने वा अपुतालीहकको एकमात्र हकदार हुने भनी त्यसको तात्पर्य, अंशय वा उद्देश्य नभइ अनेक हकवालामध्ये कुनै एकजनाले त्यस्तो अवस्था परेमा संरक्षक वा हकवाला भनी सही गर्न सक्दछ तर त्यतिकैबाट अरु हकदारको हक समाप्त हुन सक्तैन । त्यसरी असमान वा अन्यायपूर्ण अर्थ निस्कने गरी उक्त प्रक्रियाको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) § अंशवण्डा गरी भिन्न भइसकेका छोराहरूमध्ये कुनै छोराले अ.वं २४ नं को प्रयोजनार्थ संरक्षक वा हकवाला भनी कुनै लिखतमा सही गरेमा वा साक्षी वा रोहवरमा वसेमा त्यत्तिकैबाट बाबुको अंशसँग आफ्नो अंश पनि मिसाई वसेको भन्ने निष्कर्षमा पुग्न वा त्यसरी अर्थ गर्न नमिल्ने। (प्रकरण नं.८) § बाबु तथा आमा अंशवण्डाको लिखत पारित गरी भिन्न भै वसेको अवस्थामा रजिष्ट्रेशनको १ नं. बमोजिम मानो जोरिएको लिखतको अभावमा पुनः सगोलमा वसेको भनी मान्न नमिल्ने र सो अवस्थामा भएको वण्डापत्र समेत बमोजिम वादी तथा प्रतिवादीका बाबुले प्राप्त गरेको अंश भागको तथा निजको श्रीमतीको मृत्युपश्चात् प्राप्त सम्पत्तिमा वादीको र प्रतिवादीको समान अवस्था विद्यमान रहेकोले अपुतालीमा सवै छोराको समान हक हुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8177
मुद्दाको विषयअपुताली हक कायम
निर्णय वर्ष / मिति2066/02/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री रण
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8177
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्