नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8165 · वि.सं. २०६६
नि.नं. 8165 — उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ मा शिक्षक र कर्मचारीका सम्बन्धमा भिन्न–भिन्न रुपमा गरिएका अन्य व्यवस्था समानताको हक विपरीत भएको भनी बदर माग गरेको अवस्था समेत देखिन आउँदैन । सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरूलाई अलग अलग वर्गमा वर्गीकरण गर्ने ऐन र नियमका उक्त प्रावधानहरू यथावत कायम रहेसम्म दफा २ को विवादित खण्ड (च६) मा प्रयुक्त बाहेक भन्ने शब्द मात्र बदर गर्नुको कुनै औचित्य नहुने । (प्रकरण नं.१०) § वर्गीकरण गर्ने कानूनले हासिल गर्न खोजेको उद्देश्य प्रष्ट छ, कानूनको उद्देश्य र वर्गीकरण बीचको सम्बन्ध स्थापित भएको छ, वर्गीकरण स्वच्छ, तर्कसम्मत र उचित छ र जथाभावी वा स्वैच्छाचारी वर्गीकरण गरिएको छैन भने वर्गीकरण गरिएको कानूनलाई असमान भन्न नमिल्ने भन्ने कुरा स्पष्ट भै सकेको छ । संविधान प्रदत्त समानताको हक समान अवस्था र हैसियतमा रहेकाहरू बीच आकर्षित हुने हो । फरक–फरक हैसियत र अवस्थाका मानिसहरू बीच असमान व्यवहार भयो भनी समानताको निरपेक्ष अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8165 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाऊँ |
| निर्णय वर्ष / मिति | 2066/01/17 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| मुद्दा नं. | ०६४-WS-००१५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8165 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
