नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8160 · वि.सं. २०६६

नि.नं. 8160 — कर्तब्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ऐनद्वारा निर्धारित सजाय अपराधको तुलनामा अत्यधिक भई न्यायपूर्ण नहुने भएमा मात्र विशेष न्यायिक विवेकको प्रयोगबाट अपराध र सजायमा अदालतले न्यायिक संतुलन कायम गर्ने । (प्रकरण नं.६) § आफ्नै संरक्षकत्वमा रहेकी बृद्घ अवस्थाकी वर्ष ५६ वर्ष उमेर पुगेकी पत्नीलाई मध्यरातमा धारिलो हतियारले संवेदनशील भागमा प्रहार गरी हत्या गरेको देखिनु र बृद्घ पत्नीलाई अर्कोसँग विवाह गरी जान लागेकी भनी कल्पनाको सतही भावमा आएर शंकालु दृष्ट्रिभाव राखी मार्ने योजना बनाई मार्नु भनेको अकल्पनीय र अत्यन्तै क्रूर अपराध भएकाले यस्तो प्रकृतिको हत्यामा आपराधिक कार्य गर्ने अपराधीलाई अ.बं.१८८ नं.को प्रयोग गरी सजायमा कमी वा छुट दिन न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने । § मार्ने मनसायले जोखिमी हतियार प्रयोग गरी हत्या गर्ने दुर्दान्त अपराधीलार्ई अ.बं. १८८ नं.अनुसार सजायमा छुट दिन अदालतलाई प्राप्त विशेष न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8160
मुद्दाको विषयकर्तब्य ज्यान
निर्णय वर्ष / मिति2066/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री भरतराज उप
मुद्दा नं.065–RC–0067
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8160
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्