नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8154 · वि.सं. २०६६

नि.नं. 8154 — करार पालना

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करारमा म्याद थपको व्यवस्था नभए पनि करारको अर्को पक्षले नै करारको शर्त पालना नगरेको, अर्को पक्षले दिनपर्ने सुविधा नदिएको कारणले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको अवस्थामा करारको म्याद थप गर्नुपर्ने स्थिति सिर्जना भएमा कति म्याद थप गर्ने भन्ने कुराको विस्तृत विश्लेषण गर्नुपर्ने । (प्रकरण नं.२) § निर्धारित समयमा निर्माण कार्य पूरा गर्नेबारेमा देखिएको कटिवद्धताको आधारमा करारको अर्को पक्ष अर्थात् प्रतिवादीले म्याद थप गर्ने नगर्ने कुराहरू स्वविवेकीय तथा पूर्ण व्यावसायिक विषय भएकाले यसतर्फ अदालतले हस्तक्षेप गर्न नसक्ने । (प्रकरण नं.८) § नियमित व्यावसायिक प्रक्रियामा उत्पादन हुने मेसिन औजार वा अन्य उपभोग्य वस्तुहरूको खरीद बिक्रीसम्बन्धी सम्झौता शर्त उल्लंघन हुँदा पनि यसबाट अर्को पक्षलाई पुग्ने नोक्सानीको मूल्याङ्कन हुनसक्ने भएकोले यस्ता वस्तुको बिक्री वा आपूर्तिसम्बन्धी करार अनुसार पूरा गर्ने कार्य पूरा नगरे वा आपूर्ति गर्नुपर्ने सामान आपूर्ति नगरेको अवस्थामा क्षतिपूर्तिको उपचार पर्याप्त हुनसक्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8154
मुद्दाको विषयकरार पालना
निर्णय वर्ष / मिति2065/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8154
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्